0








एक वर्षमा संविधान बनाउन माग राख्दै ता ल्हो मनाए 
विभु अधिकारी,बारा
२५ माघ
एक वर्ष भित्र संविधान निर्माण भै देशमा अमनचैन कायम होस् भन्ने कामना गर्दै २८५० औं ता ल्हो(घोडा वर्ष) बाराको अमलेखगञ्जमा विविध कार्यक्रम सहित मनाएकाछन् । 
 जहाँछन् बुद्धका आँखा शान्त र सुन्दर छन्, प्राणभन्दा प्यारो लाग्छ ,मेरो देश नेपाल गीतमा बाराकी पहिलो आनी निश्चला पाख्रीनले  सुरिलो भाका हाले पछि  आरम्भ भएको कार्यक्रममा रामदोङ्ग, शीतल मोक्तान, विनिता रसाईली हरियोञ्जन लगायत गायक र अन्य कलाकारले सङ्गीतमय वातावरण बनाउँदा उपस्थित दर्शक कहिले भावुक र कहिले ताल सङ्गै झुमेकाथिए । 
ओम शान्तिका विजयले आनीलाई बुद्धका प्रतिमुर्ति दिएर सम्मान गरेकाथिए । गायिका बन्न हिँडेकी  निश्चला आनी बनेर आउँदा घर परिवारले चिन्ता व्यक्त गरेको जानकारी दिदै उनले भनिन् – म अब सारा संसारको आमा बनेर सबैको सेवामा लाग्ने छु । उपस्थितले आनीको समर्थनमा ताली बजाएर स्वागत गरेकाथिए । 
संविधान सभाका लागि बाराबाट प्रतिनिधि पुरुषेत्तम पौडेल र मधुशाहीलाई सम्मान गर्दै एक वर्ष भित्र संविधान निर्माण गरी अमनचैन कायम गर्न अनुरोध गर्दै ल्होसार पर्व सम्पन्न गरेको साङ्गे घुयोहुलिङ गुम्बाकी सदस्य गङ्गा वलले बताईन् ।सभासद पुरुषेत्तम पौडेलले एक वर्ष भित्र लोकतान्त्रिक, धर्म निरपेक्ष संविधान निर्माण गर्ने दावी गरे । 
 कार्यक्रममा निर्मानाधीन गुम्बाका लागि आर्थिक सहयोग गर्ने दातालाई समेत सम्मान गरिएकोथियो ।  कार्यक्रम दिउँसो १२ बजे देखि पाँच घण्टासम्म लगातार चलेकोथियो । 



Post a Comment

 
Top