पेट्रोलीयम ब्यवसायीको ठगी धन्दा पर्दाफास
दुर्घटनामा भएको क्षतिको वास्तवीकता विमा संस्थानलाई बुझाउ“दा विमितहरुवाट दबाब आउनुको साथै चरित्र हत्या गर्ने प्रयास भएको बिमा सर्भेयर इन्जिनियर आमोदप्रसाद चौधरीले गुनासो गरेका छन ।
विराटनगरस्थित अमोरा क्लेम्स ब्यूरो का प्रोप्राइटर इञ्जिनियर चौधरीले गएको माघ १४ गते भारतको बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर आउदै गर्दा दुर्घटना भएको ना ४ ख ३११५ नंम्बरको ट्यांकरको सम्वन्धमा बिमा संस्थालाई यर्थाथ विवरण बुझाउ“दा आफुलाई विमितवाट दबाब आउनुका साथै पत्रपत्रिकामा कपोलकल्पित समाचार प्रकाशन गरेर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।
चौधरीले विराटनगरमा पत्रकार सम्मेलन गरि दुर्घटना शंकास्पद रहेकाले आफुले सोहि अनुसारको विवरण पठाएपनि विभिन्न पक्षबाट विवरण उल्ट्याउन धम्कि आएको दावी गरेका छन् ।
चौधरीले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा २० हजार लिटर पेट्रोल बोकेको भनिएको ट्यांकरमा आगलागि हुंदा समेत आधाभन्दा बढी टायर नजलेको, दुर्घटना भएको स्थानमा भारी क्षति नभएको, ट्रयांकर पल्टींदा पेट्रोल पोखिएर टाढासम्म पुग्नुपर्नेमा घटनास्थलमा ५ मिटरको क्षेत्रफलको झारपात नजलेको अवस्था रहेकोले आफुले विमितले दावी गरेको १६ लाख रुपैंया दिनु नपर्ने प्रतिवेदन विमा कम्पनीलाई दिएको बताएका छन् ।
उनले घटनास्थलमा पल्टीएको ट्रयांकरको अवस्था हेर्दा ट्यांकर भित्र तेल नभएकोले अन्यत्रै पेट्रोल खन्याएर नियोजीत रुपमा दुर्घटना गराई विमा दावी गरि ठगी गर्न खोजेकोले आफुले त्यसलाई विमितको भनाई अनुसार प्रतिवेदन नबनाइंदीदा आफुमाथी उनिहरुले विभिन्न आरोप लगाएर सर्वेक्षक परिवर्तन खोजीरहेको जिकिर गरे ।
चौधरीले नेपाल आयल निगमको पेट्रोल भएपनि घटनाको विषयमा अन्यले चासो लिइरहेकाले समेत घटना संकास्पद रहेको दाबी गरे । उनले आफु समयमै सर्वेक्षण गर्न घटनास्थल नपुगेको भए उनले दुर्घटनाग्रस्त ट्यांकर हालसम्म घटनास्थलमै रहेकाले स्थलगत भ्रमण गरेर सत्य तथ्य बाहिर ल्याइदिन संचारकर्मीहरुलाई आग्रह समेत गरेका छन् । बरौनीबाट विराटनगर आउ“दै गरेको केशव आचार्यको नामको ट्यांकरमा मनिष र मुकेश मारुले पेट्रोल ल्याउंदै गर्दा भारत विहारको फारबीसगंञ्ज नजिक पल्टिएको थियो ।

Post a Comment