फेवा नयाँ वर्ष महोत्सवको तयारी सुरु
गोकुल बानियाँ
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा आगामी चैत २८ देखि वैशाख २ गतेसम्म पोखराको वसुन्धरा पार्कमा आयोजना हुने एघारौं फेवा नव वर्ष महोत्सवको तयारी सुरु भएको छ ।
विगत वर्षहरुमा भन्दा यसपटकको महोत्सव बृहत रुपमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई समेत उत्तिकै महत्वसका साथ मनाउने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको उनले बताएका छन् ।
संघको आइतवार बसेको नियमित बैठकले महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न ५१ सदस्यीय मूल आयोजक समिति र ३१ वटा उपसमितिहरु समेत गठन गरेको छ ।
संघले वातावरण संरक्षणको क्षेत्रमा समेत लामो समयदेखि काम गर्दै आइरहेको र फेवा ताल पोखराको मात्र नभई नेपालकै एउटा महत्वपूर्ण सम्पदा भएकाले त्यसको संरक्षणलाई मुख्य केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।
विभिन्न सांस्कृतिक झाँकी र देशविदेशका खानाहरुका साथमा महोत्सव सम्पन्न हुने शर्माले जानकारी दिए। पर्यटन, संस्कृति र खानाको पक्षलाई महोत्सवमा विशेष जोड दिने तयारी संघले गरेको उनले बताए । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अभियानमा समेत महोत्सवले सघाउने विश्वास आयोजक संस्थाले लिएको छ ।
संघले आन्तरिक पर्यटकलाई लक्षित गरी यो महोत्सव आयोजना गरेको संयोजक पराजुलीले बताए । विगतका महोत्सव भन्दा भिन्नै र गुणात्मक रुपमा राम्रोगरी महोत्सव आयोजना गरिने जानकारी दिंदै उनले महोत्सवमा सहभागिता जनाउन समस्त नागरिकलाई आग्रह गरे ।
पाँच तारे होटलहरुदेखि गाउँ घरमा पाइने खानाका परिकारहरु, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती र बाल उद्यान महोत्सवका आकर्षण रहने छन् । महोत्सवका आन्तरिक पाहुनालाई लक्षित गरी संघले आवास र खानामा छुटको पनि व्यवस्था गर्ने छ । महोत्सवमा खाना, पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहने छन् । नेपाल पर्यटन वोर्ड महोत्वको प्रवद्र्धक रहेको छ ।

Post a Comment