0
भासिएको दुधौरा पुल धमाधम बनाउन शुरु 
विभु
१३फागुन
तराईबाट पूर्व पश्चिम जोड्ने एक मात्र महेन्द्र राजमार्गको बारा पथलैया नजिक दुधौरा पुल भासिएको ८ महिनापछि बनाउन शुरु गरिएकोछ । 
रातदिन पुल नजिकैबाट ढुङ्गा झिकेर क्रसर सञ्चालन गर्दा कमजोर बनेको महेन्द्र राजमार्ग अन्तर्गत बारा स्थित भासिएको दुधौरा पुल वर्षायाम  लाग्नु अगावै सञ्चालनमा ल्याउने उद्धेश्यले धमाधम बनाउन शुरु गरिएको हो  । 
 अमर कन्स्ट्रकसनले १ करोड ५० लाख रुपैयाँमा भासिएको पिलरलाई हटाई नयाँ पिलर थप्ने ठेक्का लिएको हो । पुलको अन्य भाग भने साविकै हुने कन्स्ट्रकसनले जनाएकोछ । 
असार महिना आएको  बाढीले पुल भासिएको थियो । तीन वटा पिलर मध्ये एउटा पिलर जमिनमा दुई फिट भासिदाँ पुल चर्केर बाँङ्गेकाछ । 
 पुल भासिएपछि पूर्व पश्चिम जाने सयौं सवारी साधनका हजारौं यात्री ड्राईर्भसनबाट आवत जावत गर्दै आएकाछन् ।
प्ुालको दायाँबाँया ५ सय मिटर परबाट मात्र ढुङ्गा बालुवा झिक्ने प्रावधान भएपनि क्रसर र अन्य उद्योगीले नजिकैबाट झिकेकोले कमजोर बनेको पुल भासिन पुगेको हो । 
    मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार यस क्षेत्र हुदै दैनिक करिव २ हजार ५ सय सवारी साधन सञ्चालन हुने गरेकोछ । 
   
कांग्रेसले महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधान एवं स्थानीय विकास मन्त्री,रामशरण महत अर्थ, 
सञ्चारमन्त्रीमा डा मिनेन्द्र रिजाल, शहरी विकासमन्त्री नारायण खड्का, वनमा महेश आचार्य, भौतिक पूर्वाधारमन्त्रीमा विमलेन्द्र निधि, शिक्षा मन्त्रीमा चित्रलेखा यादव, सिंचाई मन्त्रीमा एनपी साउद, कानुनमन्त्री नरहरि आचार्य र श्रम राज्यमन्त्रीमा टेकराज गुरुङ रहेका छन् ।

नेकपा एमालेले १० मन्त्रीहरुको नाम टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री, महेन्द्र पाण्डे परराष्ट्र, राधा ज्ञवाली उर्जा, कर्ण थापा उद्योग, लालबाबु पण्डित सामान्य प्रशासन, खगराज अधिकारी स्वास्थ्य, दलबहादुर राना भूमिसुधार, हरि पराजुली कृषि, भीम आचार्य पर्यटन र पुरुषोत्तम पौडेल युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

Post a Comment

 
Top