ऐतिहासिक रानीधारा चोरिएर नासिँदै
विभु बारा
१२फागुन
ऐतिहासिक महत्ब बोकेको बारामा रहेका रानीघाराहरु सरक्षणको अभाबमा दिनप्रतिदिन चोरी र नष्ट हुने क्रम बढदै गएको छ ।
राणा प्रधानमन्त्र देबशम्सेरले आफनी प्रेमिका कर्मकुमारीको अल्पआयुमै निधन भए पछि र्किित रहोस भनि बिक्रम सम्बत १९सय ४२मा निर्माण गरेको उक्त धाराहरुको चोरी र नष्ट हुने क्रम बढेर गएको हो ।
भारतको रक्सौल देखि अमलेखगञ्जसम्म रेल वे सेवा शुरु हुनु अघि ढुकुवा वास हुँदै काठमाण्डौ जाने बटुवाहरुको लागि देवशमसेरले अमलेखगञ्ज देखि सिमरासम्म प्रत्येक १ कोशमा पाँचे आकर्षक धारा निर्माण गराएका थिए ।
धाराको दुवै तिर तलाऊ, बीचमा आकर्षक पुल भएको, पुलको दुवै तर्फको तलाउमा पानीको फोहोरा फ्याल्ने स्थान र उक्त धाराको बीचमा कर्मकुमारीको प्रतिक झल्कने फलामे खम्वा बनाई सोही खम्वाको दुवै हातबाट पानी निस्किने गरी धारा निर्माण गरिएको हो ।
प््रााय धाराहरु जङ्गलको बीचमा रहेको हुँदा धाराको शिर, हात धेरै
जसो ठाउँको चोरी भईसकेको छ । संरक्षण नहुँदा चोरी मात्र नभई यसको अस्तित्व नै समाप्त हुन लागेको छ ।
आरक्ष भित्रको एक मात्र धारा सुरक्षित रहेको छ भने अन्य स्थानमा व्यक्तिहरुले फोहोर फ्याल्ने शौचालयको रुपमा समेत प्रयोग हुदै आएको पाईन्छ ।
चोरीका कारण धाराहरुको सवै जसो महत्वपुर्ण सामान चोरिएको बताउदै, कृष्ण प्रसाई भन्छन्–“चोरी रोक्न अव हामी सवै गाउँलेले संरक्षण गर्ने निर्णय गरेका छौं । ” आफ्ना रानीहरु मध्ये असाध्यै प्रेम गर्ने रानी कर्मकुमारीको नाममा निर्मित उक्त धाराहरुलाई स्थानीयले त्यसै ताकादेखि रानी धाराको नामले परिचय दिने गरेको पाईन्छ ।
राणा प्रधानमन्त्री देवशमशेरले उक्त धाराहरु निर्माण गर्न लखनऊ देखि कालीगढहरु मगाएको प्राप्त शिलालेखबाट देखिन आएको छ ।
राज्यको वेवास्ताका कारण धाराको अस्तित्वनै नष्ट हुने अवस्थामा आईपुगेको बताउदै निवर्तमान वडा अध्यक्ष रामदास धौजु भन्छन्–“बस्ती विस्तारले पनि धाराको अस्तित्व समाप्त पार्दै लगेको छ । ” शील्प र कलाले सजिएको धारा ऐतिहासिक भएपनि यसको महत्व स्थानीय तथा सम्बन्धित पक्षले बुझ्न नसक्दा चोरेर विक्री भैरहँदा पनि संरक्षण गर्न नसक्नाले दुर्भाग्यपूर्ण तरिकाले परम्परा नासिदै गएकोछ ।
Post a Comment