दैलेख
दैलेख जिल्ला मध्य–पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने भेरी अञ्चलका पांच जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिकोणले सबैभन्दा सानो र महाभारत पर्वत श्रृंखलाको उत्तरमा अवस्थित पहाडी जिल्ला हो । प्राचिन कालदेखि नै पवित्र भूमिका रुपमा चिनिएको दैलेख जिल्लाको क्षेत्रिय सदरमुकाम–वीरेन्द्रनगर, सुर्खेतबाट ६८ कि.मि. र राजधानी–काठमाडौंबाट करबि ६५० कि.मि. टाढा रहेको छ । यस जिल्लाको पूर्वमा जाजरकोट, पश्चिममा आछाम, उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला पर्दछन् । आर्थिक दृष्टिकोणबाट सम्पन्न नभए तापनि प्राकृतिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले यो जिल्ला समृद्ध नै मानिन्छ ।
दैलेखको पन्चकोशी तिथई स्थल श्रीस्थान, नाभिस्था, धुलेश्वर, कोटीला र पादुका रहेको छ । दैलेखको श्रीस्थान र नाभिस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला रहेको छ । विश्वसम्पदामा सुचिकृत हुनका लागी क वर्गमा परेको भुर्तिका २२ देवल, नेपाली भाषामा लेखीएको दामुपालको पहिलो अलिलेख रहेको छ ।

Post a Comment