संविधानसभामा ‘मोवाइल चोर’को आतंक
- दिलमान बुढा
– पहिलो संविधानसभाकै चरित्र पछ्याउँदै दोस्रो संविधानसभामा पनि अनेक रूपरङ, नियत, प्रवृत्ति, बानीब्यहोरा र पेसा भएका व्यक्तिहरू सभासद्का रूपमा पुगेका छन् । भद्र स्वभाव, स्वच्छ छवियुक्त र संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने व्यक्ति पनि त्यहाँ विभिन्न दलको प्रतिनिधित्व गर्दै पुगेका छन् भने विभिन्न आपराधिक प्रवृत्ति अँगालेका, चेलीबेटी बेचबिखन तथा मानव तस्करी गर्ने, दुई नम्बरी धन्दामा संलग्न रहेका, नक्कली भारुको कारोबार गर्नुका साथै जग्गा दलाली गर्नेदेखि चोरीडकैती र लुटपाट गर्न पछि नपर्ने व्यक्तिले समेत अनेक तिगडम गरेर फेरि पनि संविधानसभामा छिरेर सभासद्का रूपमा छातीमा लोगो झुण्ड्याउने अवसर पाएका छन् ।
यसरी बहुरूपीहरूको जमघट भएको संविधानसभामा अर्काको मोबाइलमा लामो हात गर्ने बानी परेका सभासद्को पनि पुनरागमन भएको छ भनी सुन्नुपर्दा सुन्नेलाई आश्चर्य लाग्नसक्छ । नयाँ–पुराना सभासद्हरूले चाहिँ कुनै पनि बेला आफ्नो मोबाइल हराउन सक्ने भएकोले होशियारी अपनाउनु पर्ने भएको छ ।
संविधानसभा जस्तो गरिमामय निकायमा त संविधान बनाउने विषयमा चिन्तन र चासो दर्शाउने व्यक्ति पो हुनुपर्ने, अर्काको मोबाइल देख्दै लोभिने को व्यक्ति पुगे भन्ने जिज्ञासा जाग्नु स्वभाविक छ । यसरी सहकर्मीहरूको मोबाइलमा लामो हात गर्ने व्यक्ति अरु कोही नभएर सिंहदरबारमा कुर्सी फालेर चर्चामा आएका दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान हुन् ।
पासवानसँग सम्बन्धित मोबाइल चोरीसम्बन्धी प्रसङ्ग रोचक छ । घटना २०६८ माघ मध्यतिरको हो । संविधानसभा सचिवालयमा संवैधानिक समितिको बैठक बसिरहेको थियो । बैठक सकिएपछि समितिका सबै सदस्यहरू बाहिरिए । पछिसम्म बसेर बाहिरिनेमा तत्कालीन जनशक्ति पार्टीका सभासद् डा. प्रकाशचन्द्र लोहनी पनि थिए भने अन्त्यसम्म बैठकस्थलमा बसेर सबभन्दा अन्तिममा बाहिरिने व्यक्ति चाहिँ पासवान नै थिए । बाहिर निस्किएको केही समयपछि सभासद् लोहनीले मोबाइलबाट कल गर्न खोजे, तर मोबाइल आफ्नो साथमा थिएन । फर्केर बैठक कोठामा आए, यताउति खोजे, मोबाइल छैन । त्यहाँ कार्यरत कर्मचारीहरूलाई सोधपुछ गरे । भण्डारी र थापा थरका कर्मचारीले जवाफ दिए– ‘सोफामा एउटा मोबाइल छुटेको थियो । हामीले यो मोबाइल माननीय लोहनी डा. साहेबको होला भन्दाभन्दै पनि विश्वेन्द्र माननीयले मेरो हो भन्दै लिएर जानुभयो ।’
त्यसपछि डा. लोहनी ती दुवैजना कर्मचारीलाई लिएर सिंहदरबार परिसरमै रहेको दलित जनजाति पार्टीको संसदीय दलको कार्यालय पुगे । र, केहीबेरअघि मात्र त्यहाँ पुगेका विश्वेन्द्र पासवानसँग आफ्नो मोबाइल मागे । तर पासवानले स्वीच अफ् गरी खल्तीमा राखेको मोबाइल आफ्नै हो भनी अड्डी कसे । अनि लोहनी माननीयले मोबाइलको स्वीच अन गर्न लगाएर एक कर्मचारीको मोबाइलबाट आफ्नो नम्बरमा डायल गरे । पासवानको हातमा रहेको मोबाइलको घण्टी बज्यो । त्यसपछि आक्रोशित मुद्रामा डा. लोहनीले ‘के हो माननीयज्यू, यसरी अर्काको मोबाइल चोरेर आफ्नै हो भन्न लाज लाग्दैन ? प्रहरी लगाएर पक्राउ गराउँ ?’ भनी हप्काए । त्यसपछि पासवानले लोहनीका खुट्टा समात्दै हल्ला मच्चाएर इज्जत नलिइदिन अनुनय–विनय गरे । लोहनी पग्लिए र ‘ठीक छ, अब आइन्दा कसैको मोबाइल नचोर्नू’ भन्दै बाहिर निस्के । उपस्थित कर्मचारीहरूले विश्वेन्द्रलाई औंल्याउँदै ‘के हो माननीयज्यू ?! अर्काको मोबाइल चोर्दा डर लाग्दैन ? सभासद् भएर पनि यस्तो गर्न अप्ठ्यारो लाग्दैन ?’ भनी जिस्क्याए भने एक कर्मचारीले त ‘पासवानको जातीय पेशा नै चोरी, डकैती र लुटपाट गर्नु हो भन्ने थाहा छैन ?’ भन्नसमेत भ्याएका थिए ।
पासवानसँग जोडिएको मोबाइल चोरीसम्बन्धी अर्को प्रसंग पनि छ । २०६३ को आन्दोलनताका राष्ट्रिय जनमुक्ति पार्टी, दलित जनजाति पार्टी र नेपाली राष्ट्रिय जनभावना पार्टी लगायतका केही साना राजनैतिक दलहरू मिलेर राष्ट्रिय आरक्षणवादी मोर्चा गठन भएको थियो । गौशालास्थित बनकाली धर्मशालाको एउटा कोठामा मोर्चाको तेस्रो बैठक बसेको थियो । उक्त बैठकस्थलबाट जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाको मोबाइल गायब भयो । पछि खोजबिन गर्दा मोबाइल पासवानले हत्याएको पत्तो लाग्यो । तर, थापाले आफ्नो मोबाइल पासवानबाट फिर्ता पाएनन् । यसपछि ‘यस्ता छुद्र व्यक्तिहरु संलग्न रहेको मोर्चाको केही काम छैन’ भन्दै थापाले आफ्नो पार्टीलाई मोर्चाबाटै अलग गरेका थिए । पछि उक्त मोर्चा नै बिघटन गरिएको थियो ।

विज्ञान के भन्छ ?
यसरी अर्काको सामान चोरी गर्ने बानीलाई विज्ञानले समेत परिभाषित् गरेको छ । यसरी चोरी गर्ने बानी एक प्रकारको मानसिक रोग हो, जसलाई विज्ञानले क्लेपटोमेनियाको नाम दिएको छ । यस मानसिक रोगका कारण मानिस अर्काको समान चोर्न प्रेरित हुने गर्छ । उसले चाहेर पनि यसलाई रोक्न सक्दैन । मनोविद्हरुले क्लेप्टोमेनियाका बारेमा धेरै पहिले नै थाहा पाए पनि यो रोगको वास्ताविक कारणबारे भने अझै रनभूल्ल छन् । यसलाई पूर्ण रुपमा निको पार्न कुनै औषधी नभए पनि यसका लागि विभिन्न प्रकारको थेरापी गर्न सुझाव दिइन्छ ।
Post a Comment