पशुपतिमा साधुको भेषमा खुलेआम गाँजाको कारोवार
शिवरात्री पर्वमा साधु तथा सन्तहरुका लागि गाँजाको उपयोग फुकुवा गरिएको हुने भए पनि सर्वसाधारणका लागि यो प्रतिवन्धीत नै हुन्छ । तर शिवरात्रीको बाहनामा यो बर्ष शिवरात्रीमा खुलमखुला गाँजाको कारोवार भएको छ । त्यो पनि साधु सन्तको भेषमा त्यहाँ आइपुगेका जोगीहरुबाटै । त्यहाँ रहेका बाबाहरुसँग बसेर ‘प्रसाद’ खाने र किन्ने भीड बाक्लै थियो ।
साधु सन्तहरुले गाँजाको कारोवार गरिरहे पनि प्रशासन भने मुकदर्शक बनेको छ । साधुहरुलाई गाँजा खान छुट भएपनि त्यसको बेचविखनमा भने प्रतिबन्ध लगाउको छ । त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरीले आँखै अगाडि कारोवार हुँदा समेत देखेको नदेखै गर्ने गरेका छन् ।‘हामीलाई यसबारेमा केही पनि आदेश छैन,’ ड्युटीमा खटिएका एक प्रहरी भन्दै थिए,‘हामीलाई आदेश नभएपछि यसबारेमा केही पनि गर्न सक्दैनौ ।हामी त आदेशका पालक मात्र हौं ।’ साधुहरुलाई गाँजा खान छुट भएपनि त्यसको बेचविखनमा भने प्रतिबन्ध छ ।
तस्विरः युवराज पन्त
Post a Comment