तीन हजार चल्ला खाल्डोमा पुरेर नष्ट
विभु
१० फागुन
बर्डफ्लू रोगको कारण भारतबाट चरा जन्य बस्तुहरु नेपाल भित्र्याउन प्रतिवन्ध लागे पनि चोरी निकासीको क्रम रोकिएकोछैन । वीरगञ्जबाट काठमाण्डौ लैजान लागेको १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ३ हजार वटा चल्ला बाराको पथलैया प्रहरी चौकीले बरामद गरी नष्ट गरेको छ ।
वीरगञ्जबाट ना४ ख ४९६ नम्बरको सिमेण्ट लोड ट्रकमा चल्ला लो गरी तिरपालले छोपेर काठमाण्डौं लैजादै गर्दै पथलैया चौकीका प्रहरी सहायक निरिक्षक कृष्णदेव सिंहको टोली ले बरमद गरेको हो ।
भ्याट र पशु क्वारेण्टाईन पत्र भएको दावी गर्दै थर्काएर चल्ला ट्रकमा लोड गरी काठमाण्डौ लैजान लागेकाथिए ।
ट्यूसन खर्चका लागि वीरगञ्ज नगवाका चन्दु साहले तीन हजार दिने सहमतीमा वीरगञ्जकै गजेन्द्र यादवले जिम्मा लिएर चल्ला लैजान लागेको बताए । कागजात भएको र सबै जिम्मा आफूले लिने दावी गर्दै जवरजस्ती चल्ला लोड गराएको चालक धन कुमार तिमिल्सेनाले बताए। पाँच हजार रुपैयाँमा ट्रक भाडा तोकिएकोथियो ।
ट्रकका अर्का चालक तील बहादुर राउतले भने–वीरगञ्ज र काठमाण्डौंमा पोल्ट्री फारम रहेकोले सबै जिम्मा लिने बताउँदै चल्ला लोड गराएको बताए । बरामद चल्ला पशु क्वारेण्टाईनमा कार्वाहीको लागि बुझाएको प्रहरी सहायक निरिक्षक कृष्णदेव सिंहले बताए । बरामद चल्ला खाल्डोमा पुरेर नष्ट गरेको क्वारेण्टाईन कार्यालय पथलैयाले जनाएकोछ ।
Post a Comment