0

सिमरा गोल्डकप फागुन २९ बाट 
बिभु 
बारा,१० फागुन
मोफसलकै सर्वाधीक पुरस्कार सहित बाराको सिमरामा फागुन २९ गतेबाट पाँचौ सिमरा गोल्डकप शुरु हुने भएको छ । 
प्रतियोगिता आयोजक नव जनागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।
 एसियन डिष्टीलरीको प्रायोजनमा यसबर्षको प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक क्लबका सचिब शम्भुसिंह ठकुरीले जानकारी दिए । प्रतियोगिता चैत्र ८ गते सम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीले एक थान ल्याप्टप र सर्बोत्कृष्ट डिफेण्डर, सर्बोत्कृष्ट गोल रक्षक, सर्बोत्कृष्ट मिड फिल्ड, सर्बोत्कृष्ट फरवार्ड, हाई स्कोरर र सर्बोत्कृष्ट प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको  छ । 
प्रतियोगितामा आयोजक नव जनजागृती युवा क्लब सहित साविक विजेता मनाङ्ग मस्र्याङ्गदी, पुलीस, आर्मी, थ्रिस्टार, सरस्वती, मच्छिन्द्र, संकटा लगायत पोखराको सहारा क्लब, वीरगञ्जको वीरगञ्ज युनाईटेड क्लब र सर्लाहीको लालबन्दी फुटबल क्लबको सहभागिता रहने आयोजक क्लबका सचिब ठकुरीले बताए ।
२०६६ सालबाट शुरु भएको सिमरा गोल्डकपको उपाधी मजदुर सहिद स्मृती क्लब, हिमालयन शेर्पा र दुइपटक मनाङ्ग मस्र्याङ्गदी क्लबले जितीसकेको छ । प्रथम सिमरा गोल्डकपमा ५० हजार रुपैयाँको पुरस्कार राशीबाट शुरु भएको प्रतियोगितामा अघिल्लो बर्ष चौथो संस्करणबाट क्लबले पुरस्कार राशी ४ लाख रुपैयाँ पु¥याएको हो ।
यसअघि म्याजिक मोमेन्टले प्रायोजन गर्दै आएको प्रतियोगिता रोलिङ रिभर डिस्टिलर्स प्रा.लि. चितवन ले आफ्नो उत्पादन बन्द गरेपछि तिन वर्षको लागि गरिएको सम्झौता तोडिएको जानकारी प्रतियोगिता आयोजक समितिका संयोजक कासिम मियाँले दिनुभयो ।
प्रतियोगिताको तयारीको लागि  मियाँको संयोजकत्वमा ४१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । 


Post a Comment

 
Top