Latest News

0

सहयोग गर्दागर्दै मोहनविक्रमसँग माया बस्यो:दुर्गा पौडेल

' उमेर ‘ग्याप’ले यौन सन्तुष्टिमा फरक आउँदैन '
 
दुर्गा पौडेललाई ‘भेट्रान’ कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी श्रीमति मात्रै भन्दा उनीमाथि अन्याय हुन्छ । विद्यार्थी, महिला हुँदै पार्टी राजनीतिमा अढाई दशकभन्दा बढी काम गरेर खारिएकी दुर्गा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष मात्रै नभएर अहिले संविधानसभा सदस्य पनि छिन ।
मोहनविक्रमलाई कार्यकर्ताका रुपमा सघाउँदै जाँदा दुर्गाको उनीसित माया बस्यो । उनीहरुको प्रेमकथा रोचक छ । दुवैले एकअर्कालाई धेरै प्रेम गर्थे तर, बिहेको नजिक पुग्दापनि एकअर्कासित प्रेम प्रस्ताव राखेनन् । बरु, उनीहरुको ब्यवहार देखेर पार्टीका अरु नेता÷कार्यकर्ताले थाहा पाए, दुवै प्रेममा छन भन्ने । ‘म तिमीलाई माया गर्छु भनेर भन्नुपर्ने नै रहेनछ क्या मायामा, आफै बस्दो रहेछ । त्यो त व्यवहारमा देखिदो रहेछ । हामी बीचको व्यवहार देखेर नै पार्टीका साथीहरुबाट विवाहको प्रस्ताव गरिएको रहेछ’, दुर्गा भन्छिन ।
आफुभन्दा झण्डै दोब्बर उमेरका आफ्नै नेतासितको प्रेमले दुर्गालाई आलोचित पनि बनायो । अझ मोहनविक्रमकी ‘कान्छी’ बन्ने निर्णय गर्दै बिहे गरेपछि त उनीहरुमाथि ‘अनमेल विवाह’ गरेको ‘बात’ पनि लाग्यो । समाजमा आलोचना मात्रै भएन, ‘कडा स्कुलिङ’ भएको मानिने उनीहरुको पार्टी नेकपा मसाल भित्रै यो विषय ‘गम्भिर छलफल’को मुद्दा बन्यो । र, यही विषयमा लाई पार्टीले कारवाही गरेर महामन्त्रीबाट निकाल्यो । यद्यपी, दुर्गा भने कारवाही नगरेको दाबी गर्छिन । ‘पार्टीमा हामीले विहे गर्नु हुन्थेन भन्ने बहुमत देखियो । त्यसपछि मोहनविक्रमले नैतिकताको हिसावले महामन्त्री पदबाट राजीनामादिनुभएको हो, कारवाही गरिएको होईन’, उनी भन्छिन ।
भर्खरै शुरु भएको संविधानसभा र पार्टी कामको धपेडीका बीच दुर्गाले पुनम डिसीसित अन्तरंग कुराकानी गरिन । पढौं उनको राजनीतिक यात्रासँगैको प्रेमकहानी उनकै शब्दमा ःमेरो बुबाआमाको पुख्र्यौली घर प्युठान हो । जागिरको सिलसिलामा बुबा भारतको कोलकाता जानुभयो । आसनसोनमा बुबाको जागिर थियो । ०२९ सालमा म त्यहीँ जन्मिएँ । मेरा अरू दिदीबहिनी र दाजुभाइको जन्म पनि त्यहीँ भएको हो । हामी १० जना भाइबहिनी (पाँच दाजुभाइ र पाँच दिदीबहिनी) । मचाहिँ काइँली छोरी । एकदेखि चार कक्षासम्म कोलकाताको आसनसोनमै मेरो पढाइ भयो । पछि बुबाले कपिलवस्तुमा जग्गा लिनुभयो र हामी यतै बस्न थाल्यौँ । चारदेखि दस कक्षासम्म कपिलवस्तुमै पढेँ ।
पाँच कक्षा पढ्दै राजनीति थालेँ
मैले पाँच कक्षा पढ्दापढ्दै राजनीति थालेकी ह“ु, अनेरास्ववियु (छैटौँ) मा आबद्ध भएर । स“गस“गै रक्तिम (पार्टीको सांगीतिक मोर्चा)मा पनि काम गरेँ । नाच्न–गाउन खुबै मन पथ्र्यो । त्यही टिमबाटै कार्यक्रमहरू लिएर अलइन्डिया टुरमा पनि गएँ । ०४५ सालमा गोरखपुरमा सम्पन्न अखिल नेपाल महिला संघको दोस्रो राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्यमा चयन ग¥यो । त्यसअघि म महिला संघको जिल्ला सदस्य, अनेरास्ववियु (छैटौँ) र रक्तिममै काम गरिरहेकी थिएँ ।
पार्टीको आवश्यकताअनुसार ०४७ सालमा संघले मलाई कोषाध्यक्षको जिम्मेवारी दिइयो । त्यसपछि ०५१ सालमा उपाध्यक्ष भएँ । बीचमा कार्यबाहक अध्यक्ष भएर पनि काम गरेँ । चौथो राष्ट्रिय सम्मेलनले मलाई महिला संघको केन्द्रीय अध्यक्ष चयन ग¥यो । त्यसपछि मैले लगभग एक दशक महिला संघको नेतृत्वमा रहेर काम गरेँ ।
त्यस अवधिमा मैले महिलाका हकसम्बन्धी मुख्यतः चारवटा मुद्दामा आवाज उठाउने काम गरेँ । सम्पत्तिमा महिलाको समान अधिकार, पे्रमविवाह गर्न पाउनुपर्ने, महिला बेचबिखन गर्नेलाई कडा कानुनी दायरामा ल्याइनुपर्ने, सम्बन्धविच्छेद र गर्भपतनमा महिलाहरूको अधिकार, यी चारवटा मुद्दा हामीले तीन वर्षसम्म काम ग¥यौँ । हामीले ‘टिमवर्क’मा काम गथ्र्यौँ ।
त्यतिवेलाको समाज निकै रुढिवादी थियो । सम्झाउन–बुझाउन ठूलै समस्या हुन्थ्यो । हामीले गाउँगाउँमा गएर विभिन्न खालका कार्यक्रम ग¥यौँ । महिनौँसम्म प्रशिक्षण दिने काम पनि ग¥यौँ । अरू मुद्दामा त्यति गाह्रो भएन जति सम्पत्तिमा महिलाको समान अधिकारको मुद्दामा भयो । महिलाहरूबाटै विरोध आउँथ्यो । तैपनि हामीले आफ्नो निरन्तरता छाडेनौँ । अन्तत्वगत्वा हामीले उठाएका मुद्दामा हामी सफल भयौँ । त्यसपछि महिलाहरूलाई ती हक विस्तारै प्राप्त हुन थाले ।
पार्टीका साथीहरूकै श्रीमतीले पनि शंका गर्थे
मैले राजनीति थाल्दा महिलालाई घरबाट बाहिर निस्कनै गाह्रो थियो । केटी मान्छेले राजनीति गर्नु एककिसिमको सपनाजस्तै थियो । केटीहरू कोही पनि सक्रिय हुँदैनथे । म एक्लै केटाहरूसँग मिलेर राजनीति गर्न हिँड्थेँ । केटी साथीहरूलाई जाउँ भन्दा पनि घरबाट निस्कन अभिभावक र समाजको डर मान्थे । अनि, इच्छा हँुदाहँुदै पनि उनीहरू जान्न भन्थे ।
पञ्चायतको समयमा त राजनीति गर्न झन् गाह्रो थियो । रातिराति कार्यक्रम गर्न जान्नुपथ्र्यो । प्रशिक्षण लिन र दिन हिँड्नुपर्ने हुन्थ्यो । मसँगै पढेका साथीहरू त जान मान्दैनथे । घरबाट पनि सहयोग हुँदैनथ्यो । ‘वारेन्ट हुन्छ’, ‘पुलिसले पक्डेर लग्छ’ भनेर डराउँथे ।
संगठनमा काम गर्दा कम्ती अप्ठेराहरू झेलिएन । मेरो जिल्लामा त केटी मान्छे म एक्लै हिँडेको हो । ०४४ सालको कुरा हो, एकपटक हामी तीनजना साथीहरू मुखमा मास्क लगाएर राति पञ्चायतविरुद्ध वालपेन्टिङ गर्न गयौँ । स्कुल–स्कुलमा पेन्टिङ गरेर सक्यौँ । काम गर्दै जाँदा थकाइ लाग्यो । लक्ष्मणघाटमा आइपुगेपछि ‘एकछिन यही चौरमा सुतौँ’ भनेर सबै साथीहरू सुत्यौँ, बिहानै उज्यालो नहँुदै उठेर घर जाने भनेर । सुतेपछि थाहै भएन, उठ्दा त बिहान भइसकेछ । छिटोछिटो खोलामा गएर कपडामा लागेको रङ पखालेँ । मेरो साथी थिइन्– गंगा खनाल, उनको कोठामा गएर कपडा फेरेर घर गएँ ।
पार्टीको काममा म एक्लै पनि हिँड्थे । टाढा–टाढाको कार्यक्रममा जानुपर्ने वेलामा भने दाइले पु¥याइदिनुहुन्थ्यो । मलाई घरबाट सहयोग थियो, त्यसैले गाह्रो महसुस भएन । तर, बाहिर समाजले त भन्थ्यो नि ‘राति–राति केटाहरूसँग हिँड्छे’ भनेर । ‘कता जान्छे–जान्छे यो’, ‘यो त बिग्री कि क्या हो’ भन्थे ।
म भने समाजबाट सुनिने त्यस्ता कुराहरूलाई कहिले पनि वास्ता गर्दिनथेँ । संगठनकै साथीहरूसँग हिँड्दा पनि उनीहरूका श्रीमतीहरूले शंका गर्थे । बुझाउन खोज्थ्यौँ, मरिगए सकिँदैनथ्यो । पछि, उनीहरूलाई पनि संगठनमै ल्याएर बुझाउने, कार्यक्रममा हिँडाउने गरेपछि बल्ल काम गर्न सहज हुन्थ्यो ।
राजनीतिमा लाग्न दाजुले प्रेरित गर्नुभयो
मलाई राजनीतिमा प्रवेश गराउने श्रेय दाजु शिव पौडेललाई जान्छ, उहाँले नै मलाई प्रेरित गर्नुभएको हो । उहाँ आफैँ पनि राजनीति गनुहुन्थ्यो । ‘महिला अधिकारका कुरा तिमीहरूले बुझ्नुपर्छ÷जान्नुपर्छ, जाउँ कार्यक्रमहरूमा’ भनेर प्रोत्साहन गर्नुहुन्थ्यो । अहिले दाजु किसान संघको अध्यक्ष हुनुहुन्छ ।
दाइकै पे्ररणाले राजनीतिमा सक्रिय हुँदै गएपछि धरै कुराहरू बुझ्न थालेँ । ‘राजनीति त गर्नुपर्ने रहेछ’ भन्ने लाग्न थाल्यो । त्यसपछि त राजनीतिमै होमियो । बुबाको सोच पनि अलि उच्च प्रकारको थियो । राम्रा सामाजिक संस्कारहरूलाई अनुशरण र नराम्रा संस्कारलाई तोड्नुपर्छ भन्ने मान्यता थियो बुबाको । उहाँले सधैँ ‘केही नयाँ र समाजसुधारक काम गनुपर्छ’ भनेर भन्नुहुन्थ्यो ।
हाम्रो घरमा सधैँ राजनीतिक कुरा हुन्थ्यो । घरमा नै एककिसिमको राजनीतिक माहोल थियो । दाइ राजनीतिसम्बन्धी लेखिएका किताबहरू ल्याउनुहुन्थ्यो । ती किताबहरू मैले पनि पढ्थेँ ।
दिनभरि प्रशिक्षण लिएँ, तर मोहनविक्रमलाई चिनिनँ
मोहनविक्रम (एमबी)सँग मेरो पहिलो भेट ०४५ सालमा सोरतगणमा भयो । त्यहाँ प्रशिक्षण कार्यक्रम थियो । हामी विद्यार्थी कार्यक्रम लिएर गएका थियौँ । उहाँ प्रशिक्षक भएर आउनुभएको थियो । त्यतिवेला म विद्यार्थी राजनीति गर्थेँ, उहाँ पार्टीको ।
दिनभरि प्रशिक्षण कार्यक्रममा बसेँ । तैपनि उहाँ को हो भन्ने नै थाहा थिएन । कार्यक्रममा बसेँ, कुराहरू सुन्दा राम्रो लाग्यो । कार्यक्रम सकेपछि एमबी जानुभयो । हामी पनि आफ्नो कोठातिर लाग्यौँ । कार्यक्रमको समीक्षा गर्दैगर्दा एकजना साथीले भन्यो उहाँको नाम । त्यसपछि मात्रै थाहा पाए– उहाँ मोहनविक्रम हो भन्ने । उहाँको विचार मलाई साह्रै मन प¥यो । उहाँ प्रशिक्षक भएर आउनुभएको थियो, म विद्यार्थी भएर प्रशिक्षणमा सहभागी थिएँ । प्रशिक्षण दिएर जानुभयो, खासै कुराकानी र चिनजान हुन पाएन ।
हाम्रो दोस्रो भेट गोरखपुरमा भयो । त्यतिवेला एकमहिने महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम थियो । त्यहाँ पनि एमबी प्रशिक्षक भएर आउनुभएको थियो । म महिलाहरूको नेतृत्व गर्दै गएकी थिएँ त्यतिवेला । त्यसपछि त हाम्रो भेट पटक–पटक भइरहन्थ्यो । अहिले मलाई ठ्याक्कै याद भएन कहाँ र कति सालमा कसरी भेट हुन्थ्यो भनेर, तर भेटघाट भने भई नै रह्यो ।
मोहनविक्रमको संसार नै झोला !
प्रायः हाम्रो भेट भारतमै हुन्थ्यो । उतै कार्यक्रमका ‘टुर’ पर्थे । त्यतिवेला नेपालमा पार्टी प्रतिबन्धित थियो । कार्यक्रमका योजना पनि उतै बनाउँथ्यौँ । पार्टीको काम गर्ने सिलसिलामा हामी धेरैपटक इन्डिया पनि सँगै गएका छौँ । एकपटक फागुन २४ गते नाटकको तयारी भइरहेको थियो । ‘विजयको बिहानी’ र ‘१२ मे’ नाटकको तयारी गनुपर्ने थियो । ‘१२ मे’ नाटकमा मैले उजेलीको भूमिका गरेकी थिएँ । त्यसको सम्पूर्ण तयारी भारतको कानपुरमा भएको थियो । त्यो नाटक निर्माण गर्न लगभग एकडेढ महिना नै लागेको थियो । हामी थुप्रै साथीहरू थियौँ । त्यो अवधिमा हामी सबैजना एक÷डेढ महिनाजति भारतमा बस्यौँ । नाटकको व्यवस्थापन र गाइड गर्ने सम्पूर्ण जिम्मा उहाँ (एमबी)कै थियो । म नाटकी पात्र थिएँ ।
मैले जहिले देख्दा पनि एमबीसँग एउटा झोला हुन्थ्यो । त्यो झोला किताबले भरिभराउ हुन्थ्यो । उहाँको सारा संसार नै त्यो झोला थियो । सधैँ बिहान उठेर लेख्न थालिहाल्नुहुन्थ्यो । लेख्दै गर्दा पानाहरू पनि हराउँथे । हामी नजिक भएको वेलामा पानाहरू खोजेर एकै ठाउँमा मिलाएर जम्मा गरेर सहयोग गथ्र्यौँ । मलगायत अन्य कार्यकर्ताले पनि सहयोग गर्थे ।
सहयोग गर्दागर्दै माया बस्यो
मोहनविक्रम एक्लै हुनुहुन्थ्यो, सहयोगी पनि कोही थिएन । त्यो देखेर किन हो किन मलाई भित्रैबाट उहाँलाई एकदमै सहयोग गर्न मन लाग्थ्यो । त्यतिवेला म उहाँलाई दाइ भन्थेँ । उहाँ सधैँ एक्लै हुने मान्छे हो । हाम्रो अफिस गोरखरपुरमा थियो, एउटा सानो टायल लगाएको घरमा । एकपटक दसैँ आउने वेलामा त्यहाँ भएका सबै साथीहरू दसैँ मनाउन भनेर खुसी हँुदै आ–आप्mनो घरतिर लागे । तर, उहाँ भने झोलाबाट एउटा किताब निकालेर पढ्न थाल्नुभयो ।
त्यो देखेर मलाई अचम्म लाग्यो । दसैँजस्तो महान् चाडमा पनि उहाँ घर जान आत्तिनुभएको छैन । बरु, किताब निकालेर पढ्न पो थाल्नुभयो । त्यो देखेर मैले उहाँलाई ‘दाइ π जाउँ कपिलवस्तु दसैँ मनाउन’ भनेँ । तर, उहाँ जान मान्नुभएन, मलाई नमजा लाग्यो । ‘मैले धेरै काम गर्नु छ, म जाँदिनँ, तिमीहरू जाओ’ भन्नुभयो । उहाँको कुरा सुनेर मनमा नरमाइलो लाग्यो । तैपनि, म घर आएँ । घर पुगेपछि पनि उहाँको त्यो कुराले मलाई नरमाइलो लागिरह्यो ।
मलाई भित्रैदेखि उहाँलाई सहयोग गर्न मन लाग्थ्यो । जहिले पनि सोच्थेँ ‘केही सहयोग गर्न पाए हुन्थ्यो’ भनेर । उहाँका धेरै अप्ठेराहरू पनि थिए । एक्लो मान्छे, घर छैन, आफ्नो कोही छैन, कहाँ जाने ? कोही सहयोगी भइदिए पनि राम्रो हुन्थ्योजस्तो लाग्थ्यो । उहाँलाई अप्ठेरो पर्दा सहयोग गर्न मन लाग्थ्यो र गर्थेँ पनि । पछि उहाँले पनि ‘मलाई सहयोग गर’ भन्नुहुन्थ्यो । उहाँलाई सहयोग गदागर्दै हामी नजिक हुन पुग्यौँ । उहाँको लगनशीलता, इमानदारिता र त्याग, अनुशासित जीवनशैलीलगायत कुराहरूले म प्रभावित भएकी थिएँ । सहयोग गर्ने भावना जाग्दाजाग्दै ‘राम्रैस“ग सहयोग गर्न’ मन लाग्न थाल्यो ।
अहिले आएर यही समयमा हाम्रो माया बस्यो भनेर भन्न ठ्याक्कै गाह्रो छ । खासमा सहयोगीको भावनाले मायाको रूप लिएको हो । कतिवेला माया बस्यो थाहै भएन । तर मायाचाहिँ बस्यो । उहाँले पनि मलाई राम्रै मान्नुहुन्थ्योजस्तो लाग्थ्यो । किनभने उहाँले अरूलाई भन्दा मलाई गर्ने व्यवहार अलि फरक पाउँथे । अरूभन्दा मसँग बढी नजिक पनि हुनुहुन्थ्यो । लाग्थ्यो, उहाँले पनि मलाई माया गर्नुहुन्छ ।
प्रेम प्रस्ताव कसैले राखेनौँ, एक घन्टामा बिहेको निर्णय लिएँ
हामीले एकअर्कासित औपचारिक रूपमा प्रेम प्रस्ताव नै राखेनौँ । उहाँले पनि राख्नुभएन र मैले पनि केही भनिनँ । व्यक्त गर्नुपर्ने नै भएन । बरु, पार्टीबाटै हामीहरूको विवाहको प्रस्ताव आयो । ०५७ सालको कुरा हो, पार्टीकै साथी युवराजजीले मलाई आएर भन्नुभयो— ‘हामीले त तपाईंहरूको विवाह गर्ने सल्लाह गरेका छौँ । तपार्इंको विचार के छ ? तपाईं दुईजनाले विवाह गर्दा दुवैका भविष्यका लागि राम्रो हुन्छ, एमबीलाई सहयोग पनि हुन्थ्यो, ठूलो योगदान पनि हुन्छ ।’
बिहेको प्रस्ताव आउँदा के गर्दा ठीक र के नगर्दा ठीक हुने हो मलाई केही पनि थाहा थिएन । तैपनि मैले केही समय मागेँ । उहाँले ‘कति समय लाग्छ’ भनेर सोध्दा मैले ‘एक घन्टाजति लाग्छ’ भनेँ । त्यतिवेला बुबा बितिसक्नुभएको थियो । आमा, दाइ, दिदी र सानीआमासित सल्लाह गरे । उहाँहरूले ‘निर्णय तिम्रो हातमा छ, जीवन बिताउने पनि तिमीले नै हो । तिमीलाई यत्तिको साथी भयो भने जीवन सजिलैसँग काट्न सकिन्छजस्तो लाग्छ भने हाम्रोतर्फबाट अवरोध छैन’ भन्नुभयो । त्यसपछि मैले पार्टीका केही साथीहरूलाई सोधेँ । साथीहरूबाट पनि ‘विवाह गर्दा राम्रो’ भन्ने जवाफ पाएँ । म आफैँले सोच्दा पनि ‘बिहे गर्दा ठीकै हुन्छ’ भन्ने लाग्यो । एक घन्टापछि ‘हुन्छ’ भनिदिएँ ।
त्यतिवेला बाहिर गएर ठूलो विवाह गर्ने वातावरण पनि थिएन । मोहनविक्रमको सानीआमा हुनुहुन्थ्यो, काठमाडौंमा । उहाँले ‘बिहे काठमाडौंबाटै गर्नुपर्छ’ भन्नुभएको थियो । विवाहको सम्पूर्ण व्यवस्था उहाँले नै मिलाइदिनुभयो । पार्टीका केही साथी, अनि हामी आएर फूलमाला लगाएर विवाह ग¥यौँ ।
पार्टीमा ‘बिहे गर्नुहुन्थेन’ भन्ने बहुमत भएपछि एमबीले राजीनामा दिए
पार्टीबाट विवाहका लागि प्रस्ताव आएपछि मिटिङ नै बसेर हाम्रो बिहे फिक्स भएको थियो । तर, पछि हाम्रो विवाहबारे केही विवाद पैदा भयो । मिटिङमा सबै साथीहरू उपस्थित हुनुहुन्थेन । उहाँहरूले ‘हामीले पनि विचार राख्न पाउनुपर्छ’ भनेर भन्न थाल्नुभयो । यही विषयमा पार्टीभित्र दुई पक्ष देखियो । विरोध पनि आयो, समर्थन पनि ।
हाम्रो विवाहबारे पार्टीमा गम्भीर छलफल भयो । कतिपय साथीहरूले ‘यसरी विवाह गर्नु ठीक होइन’ भने । कसैले ‘उमेर धेरै फरक भयो, अलमेल विवाह भयो’ भने । कतिले ‘बालिगको अधिकार हो, उसले बिहे गर्न चाहन्छ भने केही फरक पर्दैन’ भने ।
छलफलमा ‘हामीले बिहे गर्नुहुन्थेन’ भन्ने पक्षको बहुमत देखियो । त्यसपछि मोहनविक्रमले नैतिकताको हिसाबले महामन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँसित पार्टीले राजीनामा मागेको होइन । ‘पार्टीमा कुरा आइसकेपछि नैतिकताको हिसाबले मैले छाड्नुपर्छ’ भनेर उहाँ आफैँले राजीनामा दिनुभएको हो ।
माया त आफैँ बस्दो रहेछ
मायाप्रेमका कुरा गर्न हामीसँग कहिले पनि समय भएन । हामीले छुट्टै भेटेर मायाको कुरा पनि कहिल्यै गरेनौँ । त्यस्तो वातावरण पनि कहिल्यै भएन र हामीले आवश्यक पनि ठानेनौँ । पार्टी कामकै सिलसिलामा हाम्रो भेटघाट भइरहन्थ्यो । यसको मतलब हामीबीच माया नभएको भन्नेचाहिँ होइन । ‘म तिमीलाई माया गर्छु’ भनेर भन्नुपर्ने नै रहेनछ क्या मायामा । आफैँ माया बस्दोरहेछ । हामीले कहिले पनि एक–अर्कालाई ‘तिमीलाई माया गर्छु’ भनेर भनेनौँ । त्यो त व्यवहारमा देखिँदोरहेछ ।
हाम्रो व्यवहारले नै एक–अर्कालाई माया गर्छन् भन्ने देखाउँदो रहेछ । हामीबीचको व्यवहार देखेर नै पार्टीका साथीहरूबाट विवाहका लागि प्रस्ताव आएको रहेछ । यो कुरा साथीहरूबाटै थाहा भयो । नजानिँदो पाराले हामीबीच प्रेम भएको रहेछ । उहाँलाई पनि ‘मैले माया गर्छु होला’जस्तो लाग्दैनथ्यो । मलाई पनि उहाँलाई सहयोग गर्न पाए मात्र हुन्थ्योजस्तो लाग्थ्यो । उहाँसित नै प्रेम होला भनेर कहिले पनि सोचेको थिइनँ ।
तर, एक्कासि पार्टीबाट प्रस्ताव आयो र विवाह ग¥यौँ । यदि, पार्टीबाट त्यो वेला प्रस्ताव नआएको भए हाम्रोे सम्बन्ध त्यति चाँडो विवाहमा परिणत हँुदैनथ्यो होला । तर, ढिलै भए पनि हाम्रो विवाह भने त निश्चितै हुन्थ्यो । हामी दुवैमध्ये एक न एकजनाबाट त त्यसका लागि पहल हुन्थ्यो होला । मैले नै प्रेम प्रस्ताव राख्न सक्थेँ वा उहाँले राख्नुहुन्थ्यो । जसरी भए पनि हाम्रो बिहे भन्ने पक्का हुन्थ्यो । हामीबीच माया नभएको भए त पार्टीबाट विवाहको प्रस्ताव आउने नै थिएन नि π
००००००
उमेर ‘ग्याप’ले यौन सन्तुष्टिमा फरक आउँदैन
धेरै उमेर ‘ग्याप’ले यौन सन्तुष्टि प्राप्त हुँदैन भनेर मैले सुनेकी थिएँ । धेरैले मलाई त्यसो भनेका थिए । तर, एमबीसँग विवाह गरेपछि मैले त्यस्तो अनुभव कहिल्यै गरिनँ । हामीबीच करिब ३८ वर्षको ‘ग्याप’ छ । एमबी ७९ वर्ष पुग्नुभयो, म भने ४१ वर्षकी भएँ । तर, हामीबीच कहिले पनि ‘यौन असन्तुष्टि’ पैदा भएन । म उहाँसँग खुसी नै छु, उहाँ पनि मसित खुसी हुनुहुन्छ ।
हामीले त्यसरी कहिल्यै मायाको कुरा गरेनाँै । तर, कहिलेकाहीँ मायाप्रेमका कुरा गर्न मन लाग्दोरहेछ । हाम्रो विवाह नहँुदैको कुरा हो, एकपटक म बिरामी भएर एक साताजति ओछ्यानमा बसेकी थिएँ । त्यतिवेला मलाई ‘उहाँ भेट्न आएर मलाई सम्झाए हुन्थ्यो, मायाका कुराहरू गरिदिए हुन्थ्यो’जस्तो लागेको थियो । त्यतिवेला यति धेरै एक्लो महसुस गरेकी थिएँ कि चिठी लेखेर मनका बह पोख्न मन लागेको थियो । तर, उहाँको बसाइको ठेगाना नै निश्चित थिएन । चिठी कहाँ पठाउने भन्ने यकिनै नभएपछि लेखिनँ ।
एमबीले कहिलेकाहीँ मलाई चिठी लेख्नुहुन्थ्यो । तर, त्यसमा मायाप्रेमका कुरा लेख्नुहुँदैन्थ्यो । खाली ‘यहाँ यस्तो काम छ, यति बजे यहाँ आइपुग्नुप¥यो’ भनेर लेख्नुहुन्थ्यो । उमेरको ‘ग्याप’ हुँदा छिटो मर्ने चिन्ता पनि धेरै गर्छन् । तर, मलाई कहिले पनि त्यस्तो चिन्ता लाग्दैन । मर्ने कुरा त भाग्यको हातमा छ । बूढो भए चाँडै मर्ने र जवान हुँदा ढिलो मर्ने भन्ने मलाई लाग्दैन ।
कहिलेकाहीँ एमबीले भन्नुहुन्छ— ‘म मरेँ भने तिमी एक्लै के गर्छौ ? तिमीलाई छोराबुहारीले दुःख देलान् ।’ त्यतिवेला मैले उहाँलाई भन्छु— ‘तपाईंलाई कोठामा समातेर राख्छु, अनि कसैले दुःख दिए भने आएर तपाईंसित भन्छु ।’ एमबी अगाडि गए पनि मलाई उहाँ मसँगै हुनुहुन्छजस्तो लाग्नेछ । उहाँलाई म यति धेरै माया गर्छु । आफूले माया गरेको मान्छे आफ्नै आँखाअगाडि भइरहन्छ सधैँ ।
एमबीका सबै बानी राम्रा
एमबीको नराम्रो बानी भेट्टाउन गाह्रो छ । अहिलेसम्म पनि मैले उहाँको नराम्रो बानी भेट्टाउन सकेकी छैन । भन्नै सक्दिनँ कुनचाहिँ बानी नराम्रो भनेर । उहाँ अलि हक्की स्वभावको हुनुहुन्छ । उहाँ जे गर्न चाहनुहुन्छ र आँट्नुहुन्छ, त्यो गरेरै छाड्नुहुन्छ । यो बानी राम्रो हो कि नराम्रो, म आफैँ पनि ‘कन्फ्युज’ छु ।
उहाँका सबै बानी राम्रा छन् । सबैभन्दा राम्रो बानी त उहाँले मलाई कहिले पनि ‘महिला हो, कमजोर छ’ भन्ने दृष्टिकोणबाट हेर्नुभएन । मैले भनेका कुरामा पनि कहिल्यै नाइँनास्ती गर्नुहुन्न । केही गल्ती हुँदा पनि ‘यो त्यस्तो होइन, यस्तो हो’ भनेर मायाले सम्झाउनुहुन्छ । कहिल्यै रिसाउनुहुन्न । त्यसैले अहिलेसम्म हाम्रो झगडा पनि परेको छैन ।
हरेक कुरामा उहाँ एकदमै सहयोग गर्नुहुन्छ । छोराहरूको हेरचाहमा पनि उत्तिकै समय दिनुहुन्छ । कार्यक्रमहरूमा जाँदा पनि कहिल्यै ‘नजाऊ तिमी, घरमै छोराहरू हेरेर बस्नुपर्छ’ भनेर भन्नुभएन । बरु, ‘तिमीले गर्नुपर्छ, जाऊ’ भनेर आफैँ समय मिलाइदिनुहुन्छ । हरेक काम हामी सहकार्य र अपसी समझदारीमा गर्छौँ । दुई छोरा छन्, जीवन रमाइलोसँग चलिरहेको छ हाम्रो ।
योगदान, क्षमता र मिहिनेतले सभासद् भएकी हुँ
म एमबीका कारणले सभासद् भएको होइन । पार्टीमा मेरो योगदान, क्षमता र मिहिनेतको मूल्यांकन गर्दै राष्ट्रिय जनमोर्चाले मलाई समानुपातिक सभासद्मा छनोट गरेको हो । एमबी आफैँमा प्रतिभाशाली र अन्तर्राष्ट्रियस्तरमै परिचित व्यक्ति हुनुहुन्छ । उहाँ एउटा त्यागी नेता हो । उहाँलाई कहिल्यैै पनि पदको लोभ भएन ।
मलाई राजनीति गर्न एमबीको सपोर्ट छ । म सभासद् भएपछि पनि उहाँले गर्ने व्यवहारमा परिवर्तन आएको छैन । र, कहिल्यै पनि आउँदैन । सभासद् भए भनेर मैले पनि घमण्ड गर्ने कुरा आउँदैन । हामीबीच राम्रै सम्बन्ध छ । उहाँको साथ सधैँ मलाई रहिरहनेछ र मेरो पनि रहिरहन्छ । हामी ‘एक रथका दुई पांग्रा’ भएर बस्छौँ ।
एमबीकी ‘जेठी’सँग मेरो नराम्रो सम्बन्ध छैन
उहाँ (एमबी)को पहिले नै शान्ता जिसीसँग विवाह भइसकेको थियो । त्यो कुरा मलाई थाहा थियो । उहाँहरूको दुईजना छोराछोरी छन् भन्ने पनि थाहा थियो । र, यो पनि थाहा थियो कि उहाँहरूको ०३६ सालमै सम्बन्धविच्छेद भइसकेको हो भन्ने । म उहाँ (शान्ता)लाई आदर गर्छु, दिदी भन्छु ।
एमबीसँग विवाह नहँुदै पनि शान्ता दिदीसँग मेरो भेट भइसकेको थियो । उहाँ (एमबी) इन्डिया जानुभएको थियो, त्यतिवेला हाम्रो भेट भएको हो । उहाँहरूको सम्बन्धविच्छेद भइसकेको अवस्थामा त एमबी कुमारसरह नै हुनुभयो नि π सम्बन्धविच्छेद भइसकेकाले एमबीसँग विवाह गर्र्न गाह्रो भएन ।
हाम्रो (शान्तासित) भेट वेलावेलामा भइरहन्थ्यो । उहाँका छोरीज्वाइँ बिरामी भएको वेला भेट्न म पनि नेपालगन्ज गएकी थिएँ । अहिले पनि विभिन्न कार्यक्रममा भेट हुने गर्छ । बिरामी परेका वेला जान्छौँ, भेटघाट गर्छौँ । कार्यक्रममा भेट भएका वेला उहाँ (शान्ता)ले बोलाउनुहुन्छ, मैले पनि बोलाउँछु । सम्बन्ध नराम्रो छैन । भेटघाट भएका वेला दुःखसुखका कुराकानी पनि हुन्छन् ।
जलजला जिउँदो भए एमबी मेरो आदरणीय मात्रै हुनुहुन्थ्यो होला
एमबीले जलजलाबारे उपन्यास लेख्दै हुनुहुन्छ । यसमा मलाई गर्व लाग्छ । म उहाँ (जलजला)लाई आदर गर्छु । मसँग भेट नहँुदै एमबी र उहाँबीच प्रेम थियो । दुर्भाग्य π दिदी (जलजला) यो संसारमा हुनुहुन्न । अझै पनि उहाँले दिदीबारे कुरा गर्नुहुन्छ । मलाई पनि त्यस्तो केही नराम्रो लाग्दैन । झन्, आदरभाव बढेर आउँछ ।
दिदी (जलजला) एकदमै सहयोगी, निडर, दिएको जिम्मेवारी सहजै पूरा गर्ने र लगनशील हुनुहुन्थ्यो । त्यसैले अहिले पनि उहाँ मेरो सम्झनामा हुनुहुन्छ । उहाँ (जलजला)ले एमबीलाई प्रेम गर्नुहुन्थ्यो, सहयोग पनि उत्तिकै गर्नुहुन्थ्यो । एक–अर्काबीच सहयोग आदानप्रदान पनि गर्नुहुन्थ्यो । उहाँहरूको विवाह भइदिएको भए पनि राम्रै हुन्थ्यो । उहाँहरूको जीवन राम्रैसँग चल्थ्योजस्तो लाग्छ । त्यस्तो अवस्थामा सायद मसँग भेट हुँदैन थियो होला । हामीबीच पे्रम पनि हुने थिएन होला ।
दिदी (जलजला) हुनुभएको भए म यसरी एमबीसँग नजिक पनि हुँदैन थिएँ होला, माया पनि गर्ने थिइनँ होला । एमबीलाई एउटा आदरणीय नेताका रूपमा मान्थेँ होला । एमबीको एक्लो जीवन देखेर नै म उहाँसँग नजिक भएकी हँु । सहयोग गर्ने भावना पैदा हँुदाहँुदै माया बसेको हो ।
उहाँले जलजलाबारे उपन्यास लेख्दै गर्दा धेरैपटक मैले सहयोग पनि गरेकी छु । गोरखपुरको गाउँमा गएर धेरै सामग्री जुटाउन सहयोग गरेकी छु । गाउँमा महिलाका बीचमा गएर उहाँ (एमबी)लाई प्रश्न गर्न पनि गाह्रो थियो । त्यो अवस्थामा उहाँसँगै गएर मैले सामग्री जुटाउन सहयोग गरेँ । एमबीले दिदी (जलजला)को बारेमा अझै पनि कुरा गर्नुहुन्छ । जुन सुनेर आदरभाव जागेर आउँछ । मैले आदर गनुपर्ने दिदी हुनुहुन्छ उहाँ (जलजला) । त्यसैले उहाँको इष्र्या गर्ने त कुरा नै हुँदैन । बरु, उहाँ (जलजला)का बारेमा लेखिँदै गरेको उपन्यास छिटो पूरा भइदिए हुन्थ्यो भन्ने लाग्छ । उपन्यास लेखनका लागि मैले अरू सहयोग गर्न पाए हुन्थ्योजस्तो लाग्छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top