ह्वील चेयर पाएर अपाङ्ग सुस्मिता हिडडुल र सुरज लेखपढ गर्न पाउँदा दङ्ग परे
विभु
माघ २४
बारा रामपुर टोकनी १ की २७ वर्षिय सुस्मिता साह सानै उमेरमा पोलियोको कारण अपाङ्ग बन्न बाध्य भएपछि उनको जीवन नीरस बनेको थियो । तर, आज ह्वील चियर पाएर दङ्ग छिन् । उनीले सारा संसारको खुशी पाएको अनुभव गरिन् ।उनी खुशी हुँदै भन्छिन्– ह्वील चेयर पाएर खुशी भएकी छु, अब यता उता हिँडडुल गर्न सक्छु र सानोतिनो काम पनि गर्न सक्छु ।
ह्वील चेयर पाउनु अघि उनी घरमै कुँजिएर बस्न बाध्य थिईन् ।
उनका मामा भरत गुप्ता भन्छन्–पाँच वर्षको उमेरमा पोलियोले अपाङ्ग भएकै कारण लेखपढ पनि गर्न सकिनन् र विवाह पनि भएकोछैन ।
छोरोको मायाले डो¥याउँदै ह्वील चियर लिन आएकी डुमरवानाकी कर्मकुमारी थापा भन्छिन्–जस्तो भएपनि आफ्नो सन्तान हो माया लाग्छ ।
राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजबाट प्राप्त भएको ह्वील चेयर,ट्राई साईकल र कम्बल नेपाल अपाङ्ग सेवा संघले अपाङ्ग व्यक्तिलाई बाराको सिमरामा वितरण गरेकोहो ।
३८ थान ह्वील चेयर र ट्राई साईकल र ४० थान कम्बल वितरण गरेको नेपाल अपाङ्ग सेवा संघका सदस्य रमेश विडारीले बताए ।
चैनपुरका विश्वेश्वर रामलाई अपाङ्ग छोरोलाई विद्यालय पु¥याउन र ल्याउन सँधै चटारो पथ्र्यो । उनी ईट्टा भट्टा र घर बनाउने काम छोडेर पनि डेढ किलोमिटर परको विद्यालय पुट्टयाउन छोरोलाई साईकलमा हालेर जान्थे । कक्षा १मा पढिरहेका १० वर्षिय छोरो सुरजले ह्वील चियर पाएकोमा उनी पनि दङ्ग छन् । अब छोरो ह्वील चियरमा विद्यालय जाने भएपछि मैले काम गर्ने मौका पाउँछु उनले थपे ।सुरजको उद्धेश्य पनि उच्च रहेकोछ । महाकवि लक्ष्मी प्रसाद देवकोटा झैं उद्धेश्य केलिनु उडी छुनु चन्द्र एक भने झैं पढी लेखी ठूलो बनेर अपाङ्गको सेवा गर्ने बताउँछन् ।
साथै संघको आवास भवनको शिलान्यास गरिएकोछ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीनेश भट्टराईले शिलान्यास गरेकाहुन् ।बौद्धिक अपाङ्गका लागि कक्षा सञ्चालन गरेकोले आवासका लागि भवन निर्माण गर्न लागेको नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गङ्गा वाग्लेले बताए ।
भवन निर्माण लागत १५ लाख रुपैयाँ रहेकोछ
Post a Comment