शेरबहादुरको जवाफबाट सुशील स्तब्ध
माघ २४ –
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अन्य दलहरुसँग वार्ता गर्ने प्रयोजनले बन्ने पार्टीको वार्ता समितिमा बस्न ठाडै इन्कार गरेपछि संसदीय दलका नेता सुशील कोइराला बडो संकटमा परेका छन् । देउवा वार्ता समितिमा नबसे अन्य दलसँगको
बार्ता प्रकृयाले पुर्णता नपाउने, मन्त्रालयको मोलमोलाई नमिल्ने र समय घर्किदै जाँदा प्रधानमन्त्री बन्ने आफ्नो सपना पनि कतै चकनाचुर हुने त हैन भन्ने भयले उनलाई पिरोल्न थालेको काँग्रेस सुत्र बताउँछ । यता शेरबहादुर आफनै अडानमा छन् । हालैको एक भेटमा सुशील ले भने, ‘अब पुराना कुरा छाडौं । हामी मिलौं । तपाई बार्ता समितिमा बसीदिनुप¥यो ।’ शुसीललाई देउवाले ठाडै भनीदिए, ‘म त बस्दीन । अब तपाईको सबथोक त भन्देखीनलाई रामवरणजी नै हो । अब रामवरणजीलाई नै राखे भैहाल्यो नी वार्ता समितिमा ।’देउवा र रामचन्द्रवीचको यस्तो कटुताको चेपुवामा परेका सभापति खिन्न भए । देउवाको गुनासो सुशील प्रति भन्दा पनि रामवरणप्रति बढी छ । देउवा पक्षको भनाइ के छ भने पार्टीमा रामवरणको खासै योगदान छैन । ‘जनकपुरमा क्लीनीक खोलेर बस्नुहुन्थ्यो । बिपीको नाडी हेर्नुहुन्थ्यो’, काँग्रेसका एक नेता भन्छन, ‘गिरिजाबाबुले यसो उचालेका भरमा चिटठ परेकाले राष्ट्रपती पनि पड्काउनुभो । तर पार्टीमा उहाँको के योगदान छ र देउवा दाइको तुलनामा ?’
ति नेताका अनुसार देउवाले बुढानिलकन्ठमा भेला भएका नेता–कार्यकर्तामाझ हालै भने, ‘महाधिवेशनमा पनि रामवरणजीले मेरो बाटो छेक्नुभो, अहिले सँसदीय दलमा पनि मलाई हराउन लाग्नुभो । अब सुशील दाईलाई के सहयोग गर्ने हो उहाँले नै गर्नुहुन्छ । हामीले यहाँ भन्देखीनलाई कसैलाई बोकेर हिंडनुको पनि कुनै दरबार छैन । राष्ट्रपतिलाई पनि बोक्ने हैन, सुशील दाइलाई पनि बोक्ने हैन ।’ देउवाले त्यो अवसरमा सरकारमा आफनो पक्षमा सम्मानजनक सहभागिता नभए पार्टीमै प्रतिपक्षमा रहने बताएका थिए ।
यही मानसीकतामा रहेका देउवा समक्ष सुशील ले वार्ता समितिमा बस्न प्रस्ताव गरेपछि झर्कीदै देउवाले भने, ‘त्यो शितल निवासलाई भन्नुस न दाइ । रामवरणजीलाई भन्नुस न बार्ता समितिमा बस्न ।’
देउवाले उल्टै सुशील लाई ‘प्रधानमन्त्री बन्ने अभियानमा हुनुहुन्छ, दलहरुसँग आफै वार्ता गर्नुस, आफै मिलाउनुस् । त्यति पनि गर्नसक्नुहुन्न भने किन यत्रो ठुलो अभिभारा लिन्छु भन्दैहुनुहुन्छ दाई ?’
‘मैले तपाइसँग सहयोग खोजेको हुँ । काँग्रेसको नेतृत्वमा सरकार बन्दा तपाईलाई पनि फाइदा हुन्छ नी’ भनेर सुशीलले भनेपछि देउवाले भने, ‘मैले भने नी दाइ, भन्देखीनलाई शितल निवासले गर्छ नी तपाईलाई सहयोग । त्यत्रो वरिष्ठ र प्रभावशाली नेता रामवरणजी हुनुहुन्छ, जसले तपाईलाई जितायो, उहाँकै सहयोग लिनुस न त्यति पनि गर्न सक्नुहुन्न ?’
देउवाको जवाफपछि सुशील को बोली बन्द भयो । उनी स्तब्ध भए ।

Post a Comment