–प्राय प्रहरीको प्रयास हुन्छ एक पटक महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुख बन्ने। जिल्ला प्रहरी कार्यालय काठमाडौंवाट नाम फेरिएर महानगरीय प्रहरी परिसर काठमाडौं भए पनि अधिकांशले हनुमानढोका प्रहरी कार्यालयकै रुपमा चिनिने यो कार्यालयमा आउन प्रहरीविच साम, दाम, दण्ड, भेद सबैको प्रयोग हुँदै आएको छ। पहिलो पटक हैन दोस्रो पटक एसएसपी रमेश खरेल हनुमानढोका प्रहरी कार्यालयको रुपमा परिचित सोही कार्यालयको प्रमुख भएपछि अहिले फेरी चर्चामा आएको छ हनुमानढोका ।आखिर के छ त्यस्तो त्यो कार्यालयमा ? हनुमानढोकाको प्रमुख भनेपछि प्रहरी अधिकारी भुतुक्कै हुने आखिर के छ त्यहाँ ? दृष्टि साप्ताहिकले केलाउने प्रयास गरेको छ माघ २१ को अंकमा।
अर्को उपयुक्त व्यक्ति नभएको भन्दै प्रहरी प्रधान कार्यालयले दोस्रोपटक एसएसपी रमेश खरेललाई काठमाडौं प्रहरीको जिम्मा दिएको छ। खरेलले सोमबारदेखि काम सुरु गरिसकेका छन्। नेपाल प्रहरीमा सयभन्दा धेरै एसएसपी छन्। तर, पनि प्रहरी प्रधान कार्यालयले काठमाडौं परिसर चलाउन सक्ने हिम्मत अरुमा देखेन र खरेललाई दोस्रो पटक जिम्मेवारी दिएको हो। जबकी काठमाडौं परिसरमा सरुवा हुनका लागि एक दर्जन एसएसपीहरू दौडधुपमा थिए।
प्रहरी अधिकारीका अनुसार काठमाडौंको प्रहरी प्रमुख हुनु भनेको मन्त्रीको भन्दा धेरै अधिकारी प्रयोग गर्नु हो। ‘अधिकार मात्र होइन ग्लामर पनि मन्त्रीको भन्दा धेरै हुन्छ’ तीन प्रहरी अधिकारी भन्छन्,’मन्त्रीलाई धेरैले चिन्दैनन् होला तर काठमाडौंको प्रहरी प्रमुखलाई धेरैले चिन्छन्।’
काठमाडौं प्रहरीको प्रमुख हुने धेरै व्यक्तिहरूले आफुलाई सेलिब्रेटी बनाउन सक्छन्। धेरै प्रहरीले आफुलाई चर्चाको शिखरमा पुर्याौउन सफल पनि भएका छन् । तर केही पनि बदनाम पनि बनेका छन्।
१० वर्षमा १३ हाकिम
०६२/६३ को जनआन्दोलनपछि काठमाडौं प्रहरी प्रमुखका रुपमा १३ जनाले कमाण्ड सम्हालेका छन्। जसमध्ये कतिपय हिरो भए भने कतिपय जिरो भए। ०६२/६३ को जनआन्दोलनमा केशबहादुर शाही काठमाडौंको प्रहरी प्रमुख थिए। आन्दोलनको सफलता लगत्तै बैशाख १८ गते उनकोसरुवा भयो ।

त्यसपछि प्रहरी प्रमुखमा एसपी इन्द्रप्रसाद न्यौपाने आए। २०६१ साल मंसिरमा तत्कालीन युवराज पारस शाहको गाडीमा विद्यार्थीहरूले ढुंगा हानेको विषयलाई लिएर उनी निलम्बनमा परे। निलम्बन फुकुवा भएपछि काठमाडौं परिसरमै उनको दरबन्दी कायम भएको थियो। तर एक महिनामै उनको सरुवा भयो। प्रहरी प्रधान कार्यालयले त्यसपछि परिसरमा ढकबहादुर कार्कीलाई जिम्मेवारी दियो, जो पछिल्लो सात वर्षमा काठमाडौंमा सबैभन्दा धेरै कमाउने इन्चार्जका रुपमा चिनिन्छन्।
रक्तचन्दन तस्करीमा सेटिङ मिलाउनेदेखि राजधानीमा गुण्डाका नाइकेहरूसँग पनि उनको आर्थिक सम्बन्ध रहेको आरोप त्यतिखेरै लागेको थियो। काठमाडौंमा उनले १४ महिना बिताए। गत मंसिरमा छोरीको बिहे गर्दा मात्र उनले एक करोड रुपियाँ खर्चेका थिए। एयरपोर्टको सुन तस्करीमा समेत मुछिएका उनी पछि एसएसपीबाट अवकाश पाए।
कार्कीपछि २०६४ साउनमा सालमा सर्वेन्द्र खनाल काठमाडौं प्रहरीको प्रमुख भए। काठमाडौंका स्थानीयवासी खनाललाई काठमाडौंमा काम गर्न गाह्रो भएन। तर गुण्डागर्दी नियन्त्रणको काम भने उनकै कार्यकालबाट सुरु भएको हो। अहिलेका मोष्ट वान्टेड डन रमेश बाहुनलाई समेत उनले पक्राउ गरेका थिए। गणेश लामादेखि धेरै गुण्डाका नाइकेलाई उनले खोर हालेका थिए। काठमाडौं प्रहरीमा सुधारको प्रयास उनकै समयबाट सुरु भएको मानिन्छ।
खनालपछि नवराज सिलवालले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। खासगरी त्यहीबेलादेखि काठमाडौंका एसपीको ग्लामर बढेको हो। राम्रो काम गरेर सिलवाल सेलिब्रेटी बनेका थिए। पढेका र राम्रा व्यक्तिहरू पनि प्रहरीमा हुन्छन् भन्ने कुरा उनले स्थापित गराएका थिए। पब्लिक प्राइभेट पार्टनरसिपमा उनले महत्वपूर्ण काम गरे। नौ महिनामा उनी बढुवा भई त्यहाँबाट सरुवा भए।
सिलवाललाई गणेश केसीले २०६६ साल मंसिरमा विस्थापन गरे। सिलवालले सुरु गरेका सुधारका कामलाई निरन्तरता दिन सकेनन्। क्यासिनोबाट असुली मात्र होइन, उनको समयमा मुद्दा शाखा समेत असुलीको अखडा बनेको थियो। पछि आपराधिक समूहका नाइके नागराजलाई मुद्दा नचलाई छाडेको घटनामा उनी कारबाहीस्वरुप तानिए।

त्यसपछि दबंग एसपीका नामले चिनिने रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भए। खरेलले क्यासिनोमा नियमित छापा हानेर नेपाली प्रवेशलाई नियन्त्रण गरे। जसकारण ठूला हाकिमहरूको आम्दानीको स्रोत सुक्न पुग्यो। तत्कालीन आयुक्त कार्यालयका एआईजी मदन खड्कासँग उनको ठूलै झगडा समेत भयो। गुण्डागर्दी नियन्त्रणमा पनि खरेल सफल भएका थिए। तर बढुवा नभएको भन्दै उनी घुर्की लगाएर महिना दिन बिदा बसे, जुन घटनाले उनको छवि गिराएको थियो।
बढुवाकै लागि उनले त्यसरी काम गरेको भन्दै धेरैले उनको आलोचना गरेका थिए। जबकि त्यतिबेला उनको ब्याचका कसैको पनि बढुवा भएको थिएन। त्यसबेला उनले काठमाडौं प्रहरीको रुपमा नौ महिना बिताएका थिए। उनकी पत्नीले कस्मेटिक सामान भन्सार जाँच नै नगरी ओसारेको विषय भने बारम्बार चर्चा भइरहन्छ।
खरेलपछि पुष्कर कार्कीले काठमाडौंको कमाण्ड सम्हाले। उनी पोखराबाट काठमाडौं सरुवा भएका थिए। उनको समयमा एकपछि अर्काे गर्दै गोली काण्ड मच्चिए। उनी चार महिनामनै सरुवा भए तर आर्थिक विवादमा भने तानिएनन्।
कार्कीपछि २०६८ साल बैशाखमा केदार रिजाल काठमाडौंमा सरुवा भए। ठूलै सोर्सफोर्स लगाएर उनी काठमाडौं परिसरमा सरुवा भए। उनले पूरा कार्यकाल काम गर्न पाएनन्। २०६८ साल असोजमा सुन्धारामा फैजान अहमदको गोली हानी हत्या भएपछि सुरक्षा सम्हाल्न नसकेको भन्दै ६ महिनामै उनको सरुवा गरियो। खासमा गृहमन्त्री विजयकुमार गच्छेदारसँगको टकरावको कारण पनि उनको सरुवा भएको थियो। रिजालले गच्छदारका निकट गणेश लामालाई पक्राउ गरेका थिए। त्यही रिस फेर्न रिजाललाई गणमा तानेर गच्छदारले आफुनिकट राजेन्द्र श्रेष्ठलाई परिसर पठाए।
केही आर्थिक विवादमा तानिए पनि श्रेष्ठले आफूलाई परिसरमा सफल नै बनाए। पैसा र नाम दुवै कमाउन उनी सफल मानिन्छन्। एक वर्ष कार्यकाल नपुग्दै उनी एसएसपीमा बढुवा भए त्यसपछि सरकारले काठमाडौं लगायतका केही जिल्लामा एसएसपीलाई खटाउने निर्णय गर्योी र जयबहादुर चन्द परिसरमा आउने पहिलो एसएसपी बन्न पुगे।
काममा भन्दा चर्चामा ध्यान दिने चन्द सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई पक्राउ गर्ने अभियान चलाएर चर्चामा आए। तर, क्यासिनो छिर्ने नेपालीप्रति नरम बने। जसकारण उनी आर्थिक विवादमा तानिए। गत वर्ष पुसमा डिआईजीमा बढुवा भएपछि उनलाई एसएसपी रणबहादुर चन्दले विस्थापन गरे। उनी पनि गच्छदार र गणेश लामाकै इच्छाअनुसार परिसरमा सरुवा भएका थिए। तर, धेरै समय टिक्न सकेनन्। काठमाडौंका प्रहरी प्रमुख उनी दुई दिनसम्म बिनासम्पर्क हराउने गर्दथे। बिन्दास स्वभावका उनी पनि पाँच महिनामा नै सरुवा भए।
एसएसपी सुबोध घिमिरेले गत बैशाखमा काठमाडौं प्रमुखको जिम्मेवारी सम्हाले। लामो समय प्रतिआंकवाद सेलमा बसेका उनी तत्कालिन आईजीपी कुबेरसिंह राना र एआईजी नवराज ढकालको इच्छाअनुसार परिसरमा आएका थिए। तर, उनको पुलिसिङ पनि काठमाडौंमा फिट हुन सकेन। चरी र राधेबीचको फाइटमा उनले राजनीतिक दबाबका कारण दुवै पक्षको मुद्दा कमजोर बनाई ग्याङफाइटलाई प्रोत्साहन दिने काम गरे। त्यसकारण उनलाई पूरा कार्यकाल बस्न नदिई प्रहरी मुख्यालयले गत साता पुनः खरेललाई परिसरको जिम्मेवारी दिइएको छ।
खरेलका चुनौती
सोमबार बिहानैदेखि हनुमानढोका परिसरमा सबै प्रहरी खरेलको प्रतीक्षामा थिए। खरेल करिब २ बजे परिसर पुगेका थिए। पुगेलगत्तै मन्दिरको दर्शन गरेर उनी कार्यकक्षमा गए, जहाँ उनको स्वागत तथा सुबोध घिमिरको बिदाईको तयारी भइरहेको थियो। उपत्यकाका सबै वृत्तका प्रमुखहरू उपस्थित थिए। स्वागत कार्यक्रमपछि खरेलले वृत्तपतिहरूलाई निर्देशन दिएका थिए।
खरेल काठमाडौंमा सरुवा भएपछि एकथरी मान्छेहरूको निदहराम भइसकेको छ। क्यासिनोका लगानीकर्ता, रात्रिकालिन व्यवसायी तथा प्रहरीका दलालहरू डराइसकेका छन्। सरुवा भएकै दिनमा खरेलले क्यासिनोका लगानीकर्ताहरूलाई नछाड्ने बताएका थिए। केही समययता क्यासिनोमा कडाइ गरिए पनि पूर्ण रुपमा नेपाली प्रवेश नियन्त्रण भने हुन सकेको छैन। अब क्यासिनोको व्यापार पनि अझै घट्ने निश्चित छ। स्थानीय प्रहरीलाई खुशी बनाएर रात्रिकालीन व्यवसायीले रातभरी डान्सबार र डिस्को चलाउँदै आएका थिए। तर खरेलले त्यसो हुन दिने छैनन् भन्ने भयले रात्रिकालीन व्यवसायीहरूबीच चर्चा सुरु भइसकेको छ।
खरेल आएपछि गुण्डागर्दीका नाइकेहरूको भागाभाग सुरु भइसकेको छ। सर्वसाधरण मात्र होइन, प्रहरीमै पनि आतंक सुरु भइसकेको छ। खासगरी लाइनमा बसेर तर मार्दै आएका प्रहरी तर्सिसकेका छन्। राजधानीमा बढ्न थालेको गुण्डागर्दी रोक्नु नै खरेलका लागि प्रमुख चुनौती हुनेछ। अघिल्लोपटक महानगरीय प्रहरी आयुक्त कार्यालयले उनलाई सहयोग गरेको थिएन। तर, यसपटक आईजीपी उनको पक्षमा भएकाले काम गर्नका लागि भने सहज छ।
Post a Comment