0

एकै परिवारका तीनजनाको शव भेटियो

 
फागुन १६–
मध्यपुरथिमि नगरपालिका–१७ धुन्चेपाखास्थित मगरगाउँमा आज बिहान एकै परिवारका तीनजनाको शव फेला परेको छ ।
सानोठिमी, धुन्चेपाखामा आफ्नो सालाको घरमा पाहुना आएका ३४ वर्षीय श्याम महत, ३० वर्षीया श्रीमती सुनिता महत र चार वर्षीया छोरी नानु महत घरमै मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
महत घरबाहिर ढोकाअगाडि झुन्डिएको अवस्थामा र श्रीमती तथा छोरी भने कोठाभित्र भुईंमा लडिरहेको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।
डिभी भिसा परेर अमेरिका जाने तयारीमा रहेका उनीहरूको मृत्युको कारण भने तत्काल खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान सुरु गरिरहेको छ ।
घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । झुन्डिएको अवस्थामा भेटिएको श्यामको शव भने भुईंमा लत्रिएको अवस्थामा थियो ।

Post a Comment

 
Top