रमेश विष्ट
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त समाजसेवी दिलशोभा श्रेष्ठमाथि अनाथ आश्रम आमाघर चलाएर उनीहरूमाथि यौन शोषणसमेत गराएको गम्भिर आरोप लागेपछि यतिबेला सत्यतथ्य के हो भन्ने कुराको खोजी आम जनताले गरिरहेका छन् । असाह्य बालबालिका तथा वृद्धवृद्धालाई आश्रय दिने उद्देश्यले खोलिएको आमघर पछिल्लो समयमा चर्चाको शिखरमा छ । देशविदेशबाट दिलशोभाले गरेको कामलाई सहयोग पु¥याउनकालागि थुप्रै सहयोगी हातहरू पनि भेटिए । उनको काम स“गस“गै आमाघर र दिलशोभाको पनि ख्याती चुलिदै गयो । तर, बुधबार एक दैनिक पत्रिकाले प्रमुख समाचार प्रकाशित गर्दै दिलशोभामाथि निक्कै गम्भिर किसिमको आरोप लगायो । आफूस“ग अडियो प्रमाणसमेत रहेको दावि गर्दै उक्त दैनिक पत्रिकाले दिलशोभाले अनाथ आश्रमका नाममा बालबालिकालाई यौन क्रियाकलापमा समेत संलग्न गराएको दावि गरेको छ । समाचार प्रकाशित भएपछि स्थानिय प्रहरी प्रशासनले उनीमाथि छानविन प्रारम्भ गरेको छ ।
उक्त दैनिक पत्रिकास“ग सुरक्षित रहेको भनिएको अडियो टेप र दिलशोभाले आफ्नो सफाइमा पेस गरेको तर्कहरूलाई विश्लेषण गर्ने हो भने समाचार अतिरञ्जित ढङ्गबाट प्रकाशित भएको देखिन्छ । सार्वजनिक भएको अडियो टेपमा दिलशोभाले कुनै व्यक्तिलाई कपडाको रंग र मानिसको हुलियासहित मन्दिरको छेउमा आईपुग्ने, उनले माया गरेर सेवा गर्ने भन्ने आशयको भनाई सुनिन्छ । त्यहा“ यौनजन्य क्रियाकलापका कुनै शब्द छैनन् । कुनै व्यक्तिलाई कपडाको रंग र हुलियाको आधारमा कुनै निश्चित ठाउ“मा पठाउने र अर्को व्यक्तिले पहिचान गरेर लगि माया र सेवा प्राप्त गर्ने विषयलाई यौनजन्य क्रियाकलाप हुनसक्ने गरी परिभाषित गर्न खोजीएको छ । दिलशोभाले उक्त प्रकरणलाई आफूमाथि षड्यन्त्र भएको र आफूले पहिला आमा घरैमै बस्दै आएकी कालिमाटीकी राधिका मान्धरको सहयोगकालागि पठाएको दावि गरेकी छिन् । ६९ वर्षिय राधिका पटक–पटक आमाघरमा बसेर छोराहरूले नमानेपछि आफ्नै घरमा फर्किएको दिलशोभाको भनाई छ । राम्रो रेखदेख नपाएको कारण आफूले आमाघरमै बस्दै आएकी काभ्रेकी धर्मकुमारी थापालाई पठाएको बताइएकी छिन् । यदी दिलशोभाको कुरामा सत्यता छ भने उनीमाथि लगाइएको यौनदुराचारको आरोप र त्यसबाट पुगेको सामाजिक क्षेतिको पुर्ती कहा“बाट हुन्छ ?
एक दैनिकले पर्याप्त आधार र प्रमाणविना सम्प्रेष्ण गरेको समाचारकै आधारमा अन्य सञ्चारमाध्यमहरूले पनि दिलशोभाविरुद्ध एकपक्षिय ढङ्गबाट समाचार सम्प्रेष्ण गरेका छन् । यसले हाम्रो सञ्चारमाध्यमको अपरिपक्वतालाई प्रष्ट पारेको छ । समाचार प्रकाशित गर्नुअघि त्यसको सत्यता र त्यसले पार्न सक्ने प्रभावका बारेमा सञ्चारमाध्यमहरू संवेदशिल हुन नसक्दा यथार्थ घटनाभन्दा अतिरञ्जित खबरहरू सम्प्रेष्ण भइरहेका छन् । सञ्चारमाध्यममा प्रकाशित खबरकै आधारमा प्रहरी र प्रशासनसमेत प्रभावित हु“दा विषय निकै जटिल बन्ने गरेको छ । प्रहरी अनुसन्धानले तथ्य र प्रमाणका आधारमा दिलशोभाले अनाथ आश्रमका नाममा यौनक्रियाकलाप गराएको प्रमाणित नगरेसम्म अहिले सार्वजनिक भएका प्रमाण भनिएका चिजहरूबाट मात्रै उनलाई दोषी हो भनेर किटन गर्न सक्ने अवस्था छैन । सम्भवत् यो भन्दा अर्को तथ्य प्रशासन र सञ्चारमाध्यमस“ग छैन ।
सार्वजनिक भएको टेपको आधारमा दिलशोभाविरुद्ध करिव १० दिन अगाडि नै उजुरी परेको थियो । जसको अर्थ उक्त टेप प्रहरीले सञ्चारमाध्यमलाई उपलब्ध गराएको हो । महानगरिय प्रहरी परिसर हनुमानढोकाले उक्त टेपसहितको उजुरी प्राप्त गरेपछि आफ्नै ढङ्गले अनुसन्धान कार्य अघि बढाउनुको साटो सस्तो लोकप्रियताकालागि टेप र उजुरीको विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराएको स्रोतको दावी छ । सार्वजनिक संचारमाध्यममा छाएर ‘सेलिब्रेटी’ प्रहरी अधिकृत बनेका परिसर प्रमुख एसएसपी रमेश खरेलको लापरवाही र प्रचारमोहका कारण सत्यभन्दा विपरितको समाचार विवरण सार्वजनिक भएको दावी गरिएको छ । घटनापछि स्थानिय प्रशासन र प्रहरीले सघन ढङ्गबाट अनुसन्धान गर्ने बताएका छन् । अनुसन्धानबाट यौनदुराचारको विषय प्रमाणित भएमा प्रकाशित समाचार र उक्त समाचारको स्रोत मानिएको प्रहरी परिसर हनुमानढोका सहि ठहरिएला, अन्यथा दिलशोभा र आमाघरमाथि लागेको यो दागको जिम्मेवारी कसले लिने ?।
पछिल्लो पटक यौनदुराचारको विषयलाई भन्दा आमाघर दर्ता नभएको, त्यहा“ बस्ने बालबालिका तथा वृद्धवृद्धालाई राम्रो खाना नदिएको, आमाघर फोहोर भएको जस्ता कुरालाई प्राथमिकताका साथ उठाइएको छ । यी विषयहरूमा दिलशोभाको गल्ति भएको हो भने पनि सोही अनुसारको कारवाही हुनुपर्दछ । यौनजन्य क्रियाकलाप र यौनशोषणजस्तो गम्भिर प्रकृतिको आरोप हचुवाको भरमा लगाउनु किमार्थ उचित हुदैन । अझ प्रहरीको निकाय र त्यसका प्रमुख प्रचारका आधारमा सेलिब्रेटी बन्ने धुनमा नै यस किसिमको गम्भिर समाचार सम्प्रेष्ण गराउनु खोज्छन् भने त्यसलाई उचित कार्य मान्न सकिदैन । यदि दिलशोभामाथिको यौनदुराचारको कुरा प्रमाणित नभएमा को–को माथि कारवाहि हुन्छ र उनीहरूले के कस्ता जिम्मेवारी लिन्छन् हेर्न बाकी छ ।

Post a Comment