रेग्मी अवकाश लिने
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशमा फर्कने वा कुनै लाभको पद लिने अड्कलबाजीलाई निस्तेज गर्दै आफू अब सार्वजनिक जीवनबाट अवकाश लिने बताएका छन्।
सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको जिम्मेवारी सकिएको छ। यसअघि उनी सभासद्, राजदूत वा कुनै सार्वजनिक पदमा जाने लख काटिएको थियो। पछिल्लो समयमा उनी मानवअधिकार आयोगको अध्यक्षमा जाने भन्ने अड्कलसमेत काटिएको थियो।
तर, उनीनिकट स्रोतले रेग्मी अब प्रधानन्यायाधीशमा पनि नफर्कने र कुनै सार्वजनिक पदमा समेत नजाने जानकारी दिएको छ। प्रधानन्यायाधीशको जिम्मेवारीमा मन्त्रिपरिषद् अध्यक्ष बनेका रेग्मीको प्रधानन्यायाधीशका रुपमा भने २०७१ जेठ १८ सम्म कार्यकाल छ। उनले सिंहदरबारबाटै प्रधानन्यायाधीश पदबाट समेत राजिनामा गर्ने बुझिएको छ।
Post a Comment