0

कमल थापाले भने,‘राष्ट्रपति र उपराष्ट्रपति ड्राइभिइ लाइसेन्स हुन्?’

kamal thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले–कांग्रेसबीच भएको ७ बुँदे सहमतिले संविधानसभालार्इ रबरस्ट्याम्प बनाउने प्रयास गरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदमा प्रधानमन्त्री उम्मेदवार सुशिल कोइरालाको विपक्षीमा बोल्दै उनले कांग्रेस र एमालेको सम्झौताले संविधानलाई कागजको खोस्टो जत्तिको पनि मुल्य नदिएको तर्क गरे ।
‘हामी ठुला बडाले जे ग¥यो त्यो मान्नुपर्छ । संविधानसभा भनेको रबर स्टाम्प मात्र हो भन्ने भएको छ’ एमाले कांग्रेसप्रति निकै नै आक्रामक रुपमा खनिएका थापले एमाले कांग्रेसतर्फ लक्ष्य गर्दै भने,‘राष्ट्रपति र उपराष्ट्रपतिलाई ड्राइभिङको लाइसेन्स जसरी नविकरण गर्न खोजिएको छ,के राष्ट्रपति र उपराष्ट्रपति गाडीका लाइसेन्स हुन् ।’उनले कांग्रेस र एमालेबीचमा राष्ट्रपति र उपराष्ट्रपतिको विषयलाई लिएर भएको सहमतिप्रति पनि प्रश्न उठाउँदै भने,‘ सदनलाई गुमराह गर्ने काम भो । त्यो राजनीतिक इमान्दारिता भएन ।’
थापाले अघिल्लो संविधानसभाको स्वामित्व लिने विषय प्रति समेत बिमती जनाए । अघिल्लो संविधानसभाको कामको स्वामित्व लिने सहमतिको विरोध गर्दै उनले भने,‘कांग्रेस र एमालेले स्वामित्व ग्रहण गर्न खोजिरहेका छन् । तर, सार्वभौमसंसदको अधिकारलाई कुन्ठित गर्ने अधिकार कसैलाई छैन । यदि त्यसो गरिन्छ भने त्यो संविधानमाथिको ठाडो बलात्कार हो ।’
थापाले एमाले नेता नेता सुवास नेम्वाङले बिगतमा गरेको गल्तीतर्फ इङ्गित गर्दै एक वर्षका लागि सभामुख बनाएर पठाएकोमा देशलार्इ संवैधानिक र कानुनी जटीलता तर्फ धकेलेर उनले देशका लागि गद्धारी गरेको आरोप लगाए ।
यसैबीच राप्रपा नेपालको अध्यक्ष थापाले सुशिल कोइरालाको दिनगन्ती आजै बाट सुरु भएको बताएका छन् । राष्ट्रपतिको म्याद एक वर्षनविकरण गर्ने विषयले राजनीतिक ध्रविकरण भएको तर्क गर्दै उनले यो सरकार पनि धेरै दिन नटिक्ने ठोकुवा गरे ।‘ एक वर्षमो आयु तोकेर सरकार बनाउने अधिकार कसले दियो ? विचरा सुशील कोइरालाको दिनगन्ती सुरु भो’थापाले भने ।

Post a Comment

 
Top