‘फ्याउरे गुण्डा’ मात्र होकी ठूला गुण्डा पनि पक्राउ गर्ने खरेल सा’प
काठमाडौंको जिम्मा लिएको एक सातामा नै काम गरेर देखाउने नसके सरुवा भएर जाने बताउनुभएका एसएसपी रमेश खरेलको एक महिना राजधानीका ‘फ्याउरे गुण्डा’ पक्राउ गर्दै वितेको छ। एसएसपी खरेलले महिनाभर सञ्चारमाध्याममा भने समाचारको बिषय बन्न पुग्नुभएको छ। एसएसपी खरेलले जति बेला फोन गरे पनि तुरुन्त परिसर आइपुग्ने फ्याउरे गुण्डाहरुलाई नियन्त्रणमा लिए पनि कुनै ठोस प्रमाण नभएपछि सार्वजनिक मुद्दा लगाउन थालेको चर्चा छ। तर एसएसपी खरेलको ध्यान हुण्डीका अबैध कारोबारी, सुन तस्करी तथा बर्षौदखि अनुसन्धान हुन नसकेका ज्यान मुद्दाका अपराधिहरुलाई पक्राउ गर्न पुगेको छैन। चर्चित रानीबारी हत्याकाण्ड, कर्तब्य ज्यान मुद्दाका दोषि बालकृष्ण ढंगेल, प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका कालीबहादुर खाम, सञ्चारउद्यमी जमिम शाह र फैजान हत्याकाण्ड अनुसन्धान गर्ने र नियन्त्रणमा लिने काम हुन सकेको छैन। अपराधिलाई कार्वाही गर्नबाट कुनै शक्तिले आफुलाई रोक्न नसक्ने बताउदै आउनुभएका एसएसपी खरेललाई यि घटनाहरुबारे थप अनुसन्धान गर्न तथा अपराधी पक्राउ गर्न ढीलाई गर्नुको कुनै कारण हुन सक्दैन।
गुण्डा नियन्त्रण नै राजधानीको प्रमुख समस्या भएको बताउँदै आएका एसएसपी खरेलले गुण्डाबिरुद्ध अपराधको ठोस प्रमाण विना नै कानून सिकाउने नाममा फ्याउरे गुण्डाहरुलाई पक्राउ गरिरहेको आरोप छ । खरेलसँगै कायक्रममा उपस्थित भएका सकुबहादुर लामा ‘बाघे’, फुटवल हेर्न रंगशाला पुगेका दिपक मनाङ्गे, गुनासो बोकेर परिसर पुगेका बलराम सापकोटा उर्फ बले नै मुख्य समस्या बनेको झैं हिरासतमा लिई सार्वजनिक अपराध मुद्दा लगाइएको छ । तर, कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहरिएका ढुंगेल भने खुल्मखुला राजधानीमा नै हिडिरहेका छन्।
छोरीमैया महर्जन अपहरण आशंकामा प्रहरीले निक्की उपनाम गरेकी सुरक्षा सिंहलाई पक्राउ गरेता पनि फितलो अनुसन्धानका कारण उनी अदालतबाट एक लाख धरौंटीमा छुटि सकेकी छिन्। त्यसैगरी, सुन र डलर तस्करीका बादशाह दिपक मलहोत्रालाई प्रहरीले कहिले पक्राउ गर्ने आँट गरको छैन्। यो मुद्दामा समेत उनले दबाब दिएका कारण अनुसन्धान हुन नसकेको स्रोतको दावी छ । स्रोतका अनुसार सुरक्षा सिंह मलहोत्राकी नाताले बहिनी पर्छिन् । ३१ असार २०५९ मा रानीबारीमा इन्जिनियर दम्पती हेमन्त र अञ्जली श्रेष्ठको हत्या भएको थियो । उक्त घटना अहिलेसम्म रहस्यमय नै रहेको छ ।
सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्याको कारण समेत प्रहरीले अहिलेसम्म सुईको पाउन सकेको छैन्। ११ भदौ २०६३ मा नयाँ बानेश्वस्थित होमियोपेथिक क्लिनिकका डा.कपाली चित्रकारको हत्या पनि खुकुरी प्रहारबाटै भएको थियो । उनका हत्या बारे सायद एसएसपी खरेललाई जानकारी छ की छैन। त्यसैगरी, ३ चैत २०६५ मा ब्लु स्काई स्कुलमा पढ्ने सोनालीकुमारी सिंहलाई ट्युसन पढ्न गएको बेला अपहरण गरी तीन दिन पछि हत्या गरिएको थियो । उनको हत्या किन र कसले गरेको हो, भन्ने बारे प्रहरीले अनुसन्धानबाट केही खुलाउन सकेको छैन् ।
Post a Comment