0

पत्रकार महासंघ रामेछापमा तालाबन्दी

fnj_nepalफाल्गुण।पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले केन्द्रले सबै फाइल जाँचबूझ गरी रकमसमेत बुझिसकेको अवस्थामा ‘उजुरीका रुपमा आएको’ भन्दै सदस्यता स्थगनमा परेका १३ क्रियाशील पत्रकारहरुले  महासंघको मूल ढोकामा तालाबन्दी गर्दै विरोध स्वरुप पोष्टर, नारा, कलम गाडेर विरोध गरेका छन्।  महासंघ जिल्ला शाखाको वैठकले आफूहरुको माग सम्बोधनमा चासो नदिएको भन्दै पीडित पत्रकार संघर्ष समितिले सदस्यता पाउनुपर्ने माग राख्दै महासंघमा तालाबन्दीसँगै यस्तो विरोधको शैली अपनाएका हुन्।
सदस्यता पाउने जस्तो मौलिक हकबाट वञ्चित भएपनि पत्रकारको आचारसंहिता र आचरणमा रहन शान्तिपूर्ण विरोधको कार्यक्रम अघि सारिएको पीडित पत्रकार संघर्ष समितिका संयोजक गोपाल माझीले बताउनुभयो।पत्रकारहरु संयमित, उत्तरदायी र शिष्ट हुनुपर्छ भन्ने कुरामा आफूहरु एकमत रहेको माझीले प्रष्ट पार्नुभयो।सदस्यता नै नदिनेहरुका विरुद्ध पनि हामी नैतिक दबाव मात्र दिन्छौँ भनेर गीत, संङ्गीत, कवितावाचन र कापीकलमको प्रयोग गरिरहेका छौँ उहाँले भन्नुभयो।
सदस्यता पाउनु आफूहरुको अधिकार भएकाले सदस्यता प्राप्त नहुञ्जेल आन्दोलन नरोकिने संघर्ष समितिका सदस्य गणेश माझीले बताउनुभयो।शान्तिपूर्ण आन्दोलनको आवाज महासंघले नसुने आइतबारदेखि आमरण अनशनमै बस्नुपर्नेसम्मको अवस्था आउने उहाँले बताउनुभयो।
पत्रकार महासंघले भने पत्रकारिता गरिरहेका साथीहरुलाई सदस्य बन्नबाट जिल्ला शाखाले नरोकेको र संघर्ष समितिले बुझाएको ज्ञापन–पत्रसहित निर्णयका लागि केन्द्रमै पठाइएको जनाएको छ।
संघर्ष समितिले भर्खरै सदस्यताबापत पत्रकार महासंघ केन्द्रमा पैसा तिरको नगदी रसिदको फोटोकपी भित्तामा टाँस गरी जिल्लाका कारण सदस्यता अनुमोदन नभएको बताउँदै आएका छन्।
यसैबीच पत्रकार महासंघका उपाध्यक्ष सौजन्यप्रसाद सत्यालले क्रियाशील पत्रकारलाई सदस्यता पाउनबाट वञ्चित गर्नु नहुने भन्दै महासंघको माइनेटिङमै नोट अफ डिसेन्ट लेख्नुभएको छ।संघर्ष समितिको माग पूरा नगरे आफूले उपाध्यक्ष पदबाट राजीनामा गर्ने सत्यालको भनाइ रहेको छ।

Post a Comment

 
Top