0

संविधानसभा अध्यक्षमा फेरि नेम्बाङ नै

– नेकपा एमालेका सभासद सुवासचन्द्र नेम्बाङ फेरि पनि संविधानसभाको अध्यक्ष बन्नुहुने पक्का भएको छ ।

एमालेको बसेको स्थायी समिति बैठकले नेम्बाङलाई सभाध्यक्ष तथा सभामुखको रुपमा अघि सार्ने निर्णय गरेको हो ।
सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने बेला कांग्रेस र एमालेबीच सभामुखमा कांग्रेसले एमालेलाई सघाउने सहमति भएको थियो ।
नेम्बाङ यसअघिको संविधानसभामा पनि अध्यक्ष तथा व्यवस्थापिका संसदको सभामुख हुनुहुन्थ्यो ।

Post a Comment

 
Top