0
प्रधानमन्त्रीमा कांग्रेस सभापति कोइराला निर्वाचितप्रधानमन्त्रीमा कांग्रेस सभापति कोइराला निर्वाचित
 माघ २७–
नेपालको पाँचौ जननिर्वाचित प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइराला बहुमतले निर्वाचित हुनु भएको छ । कोइरालाले ४ सय ५ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो । 
 
आज भएको व्यवस्थापिका संसदको बैठकमा ५ सय ५३ सभाषदहरुको उपस्थिति रहेको थियो । जसमध्ये ४ सय ५ जनाले कोइरालाको पक्षमा मत खसालेका थिए भने १ सय ४८ जनाले विपक्षमा मत खसालेका छन् । झण्डै १ वर्षपछि मुलुकले आज जननिर्वाचित सरकार पाएको छ । 
 
राजनीतिक दलहरु बिच आपसी सहमति हुन नसकेको पछि २०६९ साल चैत्र १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पूर्व प्रशासक सम्मिलित सरकार गठन भएको थियो । संविधान सभाको चुनाव गराउने मुख्य कार्यभार सहित बनेको सरकारले संविधान सभाको चुनाव गराएको झण्डै तीन महिनापछि दलको नेतृत्वमा सरकार गठन भएको हो । 
 
प्रधानमन्त्रीका एक मात्र उम्मेदवार कोइरालालाई दोस्रो ठुलो दल एमालेको समर्थन रहेको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री कोइरालालाई सफल कार्यकालको लागि  हार्दिक बधाई एवम् शुभकामना छ । 

Post a Comment

 
Top