0
निरन्तरको वर्षाले सुदूरपश्चिमको जनजीवन कष्टकर
 १७ फागुन 
 सुदूरपश्चिमका केही जिल्लामा तीन दिनदेखि परेको पानीले जनजीवन प्रभावित बनेको छ । 
 
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला,  बैतडी, डडेल्धुरा, बझाङलगायतका क्षेत्रमा बिहीबार रातिदेखि पानी परिरहेको छ । 
 
वर्षाका कारण चिसो अत्याधिक बढेकाले उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम फिल्ड कार्यालय दार्चुलाले जनाएको छ । 
 
वर्षाका कारण दैनिक कामकाज र गाईभैंसी चराउन तथा घाँसपात खोज्न कठिन भएको स्थानीय बासिन्दाले बताएका छन् ।
 
यो समयको पानीले खेतबारीमा लगाइएको गहुँबालीका लागि राम्रो भएकाले किसानमा भने खुसीयाली छाएको छ  । 

Post a Comment

 
Top