मुजाहिद्दिनका लागि नेपालका माओवादीका हतियार महँगा
` भारतीय आतंककारी संगठन मुजाहिद्दिनका सहसंस्थापक यासिन भट्कालले नेपालका माओवादीका हतियार र गोलाबारुदको मूल्य महँगो भएकाले किन्न नसकेको बताएका छन्। भारतको नेसनल इन्भेस्टिगेटिभ एजेन्सीले दिल्ली अदालतमा दायर गरेको आरोपपत्रमा भट्काल र अर्का आरोपी रियाजबीच माओवादीसँग हतियार किन्नेबारे लामो कुराकानी भएको प्रमाण पेस गरेको छ। भारतीय दैनिक अखबार बिजनेस स्ट्यान्डर्डका अनुसार भट्कालले २५ जुन २०१३ मा रियाजसँग गरेको कुराकानीमा नेपाली माओवादीका उच्च नेतासँग हतियार र गोलाबारुद खरिदबारे कुराकानी गरे पनि निष्कर्षमा नपुगेको बताएका थिए। भट्कालले रियाजसँग भनेका थिए, ुमाओवादी नेताले विस्फोटक पदार्थबारे कुरा गरेका थिए। उनीहरूले ती हतियार सुरुङमा लुकाएको हुनसक्छ।ु
मुजाहिद्दिनले सहयोगका लागि नेपालका माओवादीसँग सम्पर्क गरेको बयान एजेन्सीलाई दिएका छन्। भट्कालसँगै अब्दुल्लाह अख्तर, मन्जेर इमाम र उज्जेर अहमेदविरुद्ध आतंककारी गतिविधि गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। रियाजले भने भट्कालको निर्देशनअनुसार नेपालका माओवादीसँग सम्पर्क गरेको बताएका छन्। २०१२ नोभेम्बर २८ तारिखमा भट्कालले संगठनका लागि गोलाबारुद खरिदका लागि नेपालका माओवादीसँग सम्पर्क गर्न आग्रह गरेका थिए।
रियाजले माओवादीसँग चीनले दिएका धेरै प्रकारका हतियार र गोलाबारुद रहेको जानकारी भट्काललाई दिएका थिए। डिसेम्बर १६, २०१२ मा भट्कालले आफूले एकजना मुस्लिम माओवादी नेतालाई भेट्दा उनले नेपालका लागि हतियारको इजाजत उपलब्ध गराउने बाचा गरेका थिए।
रियाजले माओवादीसँग चीनले दिएका धेरै प्रकारका हतियार र गोलाबारुद रहेको जानकारी भट्काललाई दिएका थिए। डिसेम्बर १६, २०१२ मा भट्कालले आफूले एकजना मुस्लिम माओवादी नेतालाई भेट्दा उनले नेपालका लागि हतियारको इजाजत उपलब्ध गराउने बाचा गरेका थिए।
Post a Comment