खोटाङका ३ सय बढि शिक्षक कारबाहीमा
- मनोज बुढाथोकी
सम्पत्ती बिवरण नबुझाउने खोटाङका ३ सयभन्दा बढि शिक्षक कारबाहीमा परेका छन् ।
तोकिएको समयभित्र आफ्नो सम्पत्ती बिवरण नबुझाउने खोटाङका ३५१ शिक्षक कारबाहीमा परेको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । सम्पत्ती बिवरण नबुझाएका शिक्षक प्रतिव्यक्ती ५ हजारका दरले जरिवानामा परेको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले बताए । जिल्लामा २ हजार २ सय शिक्षक कार्यरत छन् । बिद्यालय शिक्षक किताब खातामा गत भदौ २८ गतेभित्र सम्पत्ती बिवरण नबुझाएकामा उनीहरु कारबाहीमा परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जरिवानामा परेका शिक्षकबाट १७ लाख ५५ हजार राजश्व संकलन हुने कार्यालयले बताएको छ ।
शिक्षा कार्यालयले भदौ २० गतेभित्र जिल्लाका शिक्षकलाई सम्पत्ती बिवरण बुझाउन समय दिएको थियो । प्रत्येक शिक्षकले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सम्पत्ती बिवरण अनिवार्य बुझाउनुपर्ने नितिको व्यवस्था छ । सम्पत्ती बिवरण नबुझाउने शिक्षकलाई पत्र पाएको ३० दिनभित्र प्रतिव्यक्ती ५ हजारका दरले जरिवाना रकम सहित सम्पत्तीको बिवरण बुझाउनकालागि पत्राचारको तयारी गरिएको शाखा अधिकृत थापाको भनाई छ । तोकिएको समयमा जरिवाना रकम र सम्पत्ती बिवरण नबुझाउने शिक्षकको तलवबाटै जरिवाना रकम उठाइने कार्यालयले जनाएको छ ।

Post a Comment