लुटे २० लाख
झापाको मेचीनगरमा एक मनिचेन्जर सञ्चालकको आज बिहान ५.३० बजे २० लाख लुटिएको छ ।
मेचीनगर–१० बस्ने चन्द्र सिटौला सोही वडास्थित आफ्नो घरबाट पाँच मिनेटको दूरीमा रहेको आफ्नो पसलमा आउनेक्रममा घरबाट निस्कनासाथ दुई युवकले पेस्तोल तेस्र्याएर उनको साथमा रहेको रकमसहितको झोला खोसेर पmरार भएको पीडितले जानकारी गराएका छन् ।
भारतीय र नेपाली नोट रहेको उक्त झोला लुटिनेको अनुहार राम्रोसँग देख्न नसके पनि एक जना गोरो र एक जना कालो अनुहारको व्यक्ति रहेको र उनीहरूको आवाज पहिचान गर्न सकिएको पीडित सिटौलाले बताए ।
यस विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सम्पर्क गर्दा त्यस्ता दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेकाले तत्काल केही बताउन नसकिने जानकारी गराएको छ ।
यसैबीच, काकरभिट्टाका सम्पूर्ण मनिचेन्जर बन्द भएका छन् ।

Post a Comment