- श्रवण कुमार
मधेशको राजनीतिमा थुप्रै मान्छे आए र थुप्रै गए तर एक व्यक्ति यस्ता हुन् जो हारेर पनि जहिले पनि शक्तिशाली बनि रहे । उनी हुन् तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकमा सभासद् बनेका अकवाल अहमद् । उनी मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट पहिलो सविधानसभा चुनावमा कपिलवस्तुको–४ नम्बर क्षेत्रबाट पराजित भएका थिए तर हारेर पनि उनी सभासद् बन्न सफल भए त्यो पनि मन्त्रीपरिषद्को मनोनयमा । र ,यसपाली पनि मधेशवादी दलमा समानुपातिकका लागि मारामार भइरहेको अवस्थामा तमलोपाबाट समानुपातिक सभासद् बन्न सफल भए ।
राजनीतिमा कुनै पहिचान नभएका, कुनै हाइप्रोफाइल व्यक्ति पनि नभएका, कुनै विषयमा दक्षता पनि नभएका, घरपरिवार पनि सम्पन्न नरहेका, कुनै विषयमा दखल समेत नराखेका व्यक्ति यसरी यो प्रकृयाबाट कसरी दुईपटक सभासद् बन्न सफल भए ? मधेशमा चर्चाको विषय बनेको छ र खोजीको विषय पनि । पहिलो पटक सभासद हुँदा त्यत्रो भिडमा यसको बारेमा कसैले चासो लिएन । तर, यसपटक मधेशवादी दलमा समानुपातिकबाट सभासद् बन्न अनेक उपाय लगाएका भिडमा पनि सभासद् बन्न सफल भएपछि सबैको नजर उनीतर्फ तेर्सिएको छ ।
तमलोपामा अकवाल अहमद को हुन्, कहाँका व्यक्ति हुन् भनि खोजी शुरु भएको छ र सो पार्टीका एक नेताले रातोपाटीलाई सम्पर्क गरी यसको बारेमा खोजबिन गर्न आग्रह पनि गरे । अकवाल अहमदको पछाडि स्रोत परिचालन गरेपछि उनको निकै लामो र गोप्य कनेक्सन भारतसँग रहेको छ, त्यो पनि खतरनाक सूचना फेला पारेको छ ।
उनी राप्रपाका केन्द्रीय सदस्य हुँदा नै भारतसँग उनको सम्बन्ध स्थापित हुन पुगेको हो । भारतले हतपत कुनै मुस्लिममाथि विश्वास गर्दैन, गरेभने पूर्ण विश्वास गर्दैनन् । हाम्रो स्रोतले भने, ‘नेपालमा भारतले कुनै मुस्लिममाथि विश्वास गर्छन् भने त्यो हो अकवाल अहमद् र सोही विश्वासका कारण उनी दुईपटक सभासद् र एकपटक मन्त्री बन्न सफल भए ।’ पहिलो सविधानसभामा कपिलवस्तुबाट हारेका व्यक्तिलाई भारतले उपेन्द्र यादवलाई दवाव दिएर सभासद् बनाउन लगाएका थिए । मधेश आन्दोलनपछि शक्तिशाली नेताको रुपमा उदाएका उपेन्द्र यादवलाई भारतीय दुतावासबाट पटक–पटक फोन आएका थियो अकवाललाई सभासद् बनाउन तर उपेन्द्रले सानोतिनो मान्छेलाई नटेरेपछि प्रणव मुखर्जीको फोन आएपछि बल्ल अकवाल सभासद् बन्न सफल भएका थिए ।
यसपटक पनि उनी सभासद् बन्ने लाइनमा थिएनन् । त्यसको ठाउँमा सोही पार्टीका उपाध्यक्ष हृदय त्रिपाठीले सिफारिश गरेका समिम अन्सारीको नाम थियो । अन्तिम समयसम्म अन्सारी नै मुस्लिम समुदायबाट सभासद् बन्ने दाबेदार थिए । तमलोपाबाट सभासद् बन्न उनी पाँचपटक दिल्ली पुगेका हुन् । त्यसका लागि विभिन्न शक्ति केन्द्रलाई गुहारे तर सफल हुन सकिरहेका थिएनन् त्यसबेला उनी निकै छटपटिएका थिए । अकवाल अहमदलाई सभासद् बनाउन तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि दुतावासलगायतका ठाउँहरुबाट फोन आउँथे तर नजर अन्दाज गर्थे उनी, कारण थियो हृदय त्रिपाठी । समिमको सिफारिश त्रिपाठीले गरेको कारण ठाकुरले हटाउन सकिरहेका थिएन । तर जब अन्तिमपटक भारतीय विदेशमन्त्री सलमान खुर्सिदबाट दबाब आयो अनि अकवाल अहमदलाई सभासद् बनाउन बाध्य भए ठाकुर । त्यो पनि कुन अवस्थामा जुन अवस्थामा त्रिपाठी आफ्नो श्रीमतीको उपचारमा दिल्लीमा थिए त्यही मौका छोपेर ठाकुरले समिमको नाम हटाएर अकवाल अहमदको नाम राखेका थिए ।
किन पत्याउँछन् भारतले अकवाललाई ?
राप्रपामा हुँदाको अवस्थामा भारतसँग अकवाल अहमदको सम्बन्ध जोडिएको थियो । उनी त्यतिबेला भारतको विश्वासपात्र बने जतिबेला मिर्जा दिलसाद वेगको हत्यामा सुराकीको काम गरे । स्रोतका अनुसार भारतको मोस्ट वान्टेडमा रहेका मिर्जा दिलसाद वेगको सम्पूर्ण कुराको जानकारी दिने काम अकवाल अहमदले गरेका थिए र सोही चुनावको आधारमा मिर्जाको हत्या भएको थियो । त्यसपछि नेपालमा हुने हरेक मुस्लिम गतिविधिबारे सुचना दिने काम अकवाल अहमदले गर्न थाले ।
भनिन्छ, २०५५ असार १५ मा काठमाडौंमा सांसद मिर्जा दिलसाद वेगको हत्या, २०६३ भदौ २४ मा काठमाडौंमै कमलसिंह नेपालीको, २०६६ असोज १९ मा नेपालगन्जमा अब्दुल मजिद मनिहारको, २०६६ पुस १० मा बुटवलमा सौकत वेगको र २०६६ माघ २४ मा काठमाडौंमा जमिम शाहको हत्यालगायतमा सुचना संकलन गर्ने काम अकवाल अहमदले गरेका थिए । अकवाल मुस्लिम भएको कारणले उनीमाथि कुनै मुस्लिमले शंका नगर्ने, जहाँ पनि जुन ठाउँमा पनि मुस्लिमसँग घुलमिल गर्न सकिने भएकाले सुचना संकलन गर्न उनलाई सजिलो भएको बताइन्छ । बलुवाटरमा महँगो फल्याट लिएर बसेका उनी प्रायशः वागवजारको ताज होटलमा बस्छन् ।
प्रायः वागवजारमा क्षेत्रमा बस्ने अकवाल अहमद मुस्लिमको कुनै पनि संगठनमा आवद्ध छैनन् तर नेता भएका कारण हरेक संगठन, हरेक व्यक्तिसँग उठबस गरेर नेपाली मुस्लिमबारे सुचना संकलन गरेर भारतलाई दिने गरेको स्रोतको दावी छ । फोरम नेपालबाट जयप्रकाश गुप्ता अलग हुने अवस्थामा भारतको तर्फबाट अकवाल अहमद मुख्य भूमिका खेलेका थिए । यहाँसम्म कि सभासद्लाई रकम बाँड्नलाई भारतले दिएको रकम पनि अकवाल अहमद नै ल्याएर गुप्तालाई दिएका थिए । त्यसै होला राजनीतिकमा कुनै पृष्ठभूमि नभएका व्यक्ति कृषि मन्त्री बन्न पनि सफल भए ।
हाल एमाओवादीमा रहेका नन्दन दत्तलाई तत्कालिन अवस्थामा फोरम गणतान्त्रिकबाट जयप्रकाश गुप्ताले कृषि मन्त्री बनाएका थिए । तर गुप्ता भ्रष्टाचारको आरोपमा जेल परेपछि पार्टीमा विवाद उत्पन्न भयो र एउटा सानो विवादको कारण तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राताराता नन्दन दत्तलाई हटाएर फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले सिफारिश गरेका अकवाल अहमदलाई कृषि मन्त्री बनाएका थिए ।
मन्त्री पदबाट हटेपछि र पहिलो महाधिवेशनपछि फोरम गणतान्त्रिकका तत्कालिन महासचिव समेत रहेका अकवाल अहमद र अध्यक्ष राजकिशोर यादवबीच कुरा मिलिरहेका थिएन । पटकपटक विवाद हुन्थे दुईजनाको बीचमा । त्यसकारणले उनी आफ्नो पुरानो पार्टी फोरम नेपालमा प्रवेश गर्न चाहन्थे । यसका लागि उनले उपेन्द्र यादवसँग पटकपटक छलफल पनि गरिसकेका थिए । जब यो कुराको जानकारी भारतले थाह पाएपछि अकवाललाई तमलोपामा जान दवाव दिए । दवावका कारण कुनै विचार नमिलेका, थर नमिलेका पार्टीको क्रियाकलापबाट अन्नभिज्ञ रहेका उनी तमलोपामा जान बाध्य भए । र आफूसँगै बीपी यादव र सीताराम अग्रवाललाई पनि लगेका थिए । बीपी यादव र सीताराम अग्रवाल पनि उपेन्द्र यादवको पार्टीमा जान चाहन्थे तर अकवाल अहमदकै कारण भारतले पनि उनीहरुलाई दवाव दिएर तमलोपामा जाने भने । र त्यसैअनुसार गए पनि ।

आरोपबारे के भन्छन् अहमद ?
अहमदले आफ्नो भारतसँग कुनै पनि सम्बन्ध नरहेको बताएका छन् । उनले भने, ‘म आफ्नो क्षमताले सभासद् बनेको हुँ भारतको क्रिपाले हैन । विगत २८ वर्षदेखि राजनीतिमा सक्रिय रहेको छु । त्यही भएर पार्टीले मलाई मेरो क्षमता देखेर सभासद् बनाएको हो । यो मेरा विपक्षीहरुले मलाई बदनाम गर्न यस्तो हौवा फैलाएका हुन् ।’

Post a Comment