जवाफ वुझाइयो
जितेन्द्र भण्डारी
,फागुन १२
पाँचथरको फिदिममा संचालित फिदिम शाना सहरी खानेपानी आयोजनाको काम ढिलो भएको समाचार संचारमाध्यममा प्रसारण भएपछि सरकारी निकायले मागेको लिखित जवाफ फिदिम शाना सहरी खानेपानी कार्यालय र जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यालय पाँचथरले वुझाएका छन् ।
क्षेत्रिय प्रशासन कार्यालय विराटनगर र सरकारको शाना सहरी खानेपानी आयोजना निर्देशनलायले जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयल पाँचथर,शाना सहरी खानेपानी आयोजना कार्यालयले जिल्ला प्रशासन कार्याललाई लिखित जवाफ वुझाएका हुन् ।
वुझाइएको लिखित जवाफ जिल्ला प्रशासन कार्यालय पाँचथरले आजै क्षेत्रिय प्रशान कार्यालय विराटनगर र विभागमा पठाएको छ । जवाफमा अहिलेसम्म लक्ष्यअनुरुप ६९ प्रतिशत काम सक्नुपर्ने भएपनि १३ प्रतिशत मात्रै काम सकिएको, शर्मा महादेव खिम्ती जेभी काठमान्डौले काम गरेपनि अव शर्मा एण्ड कम्पनीले मात्रै काम गर्ने जनाइएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले
बताउनुभयो ।
विभागका उपमहानिर्देशक भोजविक्रम थापाले फिदिम आयोजनालाई काम नवढ्नुको कारण खुलाएर पठाउन टेलिफोन मार्फत निर्देशन दिनुभएको थियो । ठेकेदारको लापरवाहिका कारण पाँचथरको फिदिममा संचालित दोस्रो फिदिम साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको काममा ढिलाई भएको छ । शर्मा महादेव खिम्ती जेभी काठमान्डौले काम गर्दे आएको आयोजनाको काम ७ महिना देखि अवरुद्द छ ।
माघ २ गतेवाट नै शर्मा कम्पनीले काम सम्हाल्ने भने पनि उक्त कम्पनीले पनि डेण महिना वितिसक्दा पनि काम शुरु गर्न सकेको छैन् । अहिलेसम्म शर्मा महादेव खिम्ती जेभी काठमान्डौले जिआइपाइपका लागि एलसी खोल्ने निर्णय भएकोमा हालसम्म ९८ लाख रुपैया वरावरको एलसी खोलेको,अफिस विल्डिङ,पब्लिक टोइलेट,सडिमेन्टेसन ट्रयाक र स्लो सेनफिल्टर तथा डि आइपास फिदिमको सम्मको सप्लाई गरेको पाइएको छ ।
कम्पनीले अहिलेसम्म १ करोड २६ लाख ६८ हजार रुपैया लगिसकेको छ । १३ करोड २३ लाख ७० हजार २ सय ७५ रुपैयामा सम्झौता भएको आयोजनाका लागि उपभोक्तावाट ५ प्रतिशत अर्थात ९५ लाख ६० हजार रुपैया,नगर विकाश कोषवाट ४५ प्रतिशत तथा एसियाली विकाश बेङकवाट ५० प्रतिशत रकम वहोर्ने सम्झौता भएको छ ।
Post a Comment