0
मन्त्रालय भागवण्डाको टुंगो लाग्यो
फागुन १२ 
लामो समयपछि कांग्रेस एमालेविच हुदै आएको मन्त्रालय भागवण्डाको विवाद समाधान भएको छ । गृह मन्त्रालय एमालेलाई दिन काग्रेंस सहमत भएपछि विवाद समाधान भएको हो । आईतवार राती दुईदल विच होटल द्धवारीकामा भएको वार्तामा दुवै दलले १० – १० वाटा मन्त्रालय राख्ने तथा बाँकी ५ वटा मन्त्रालय सानादललाई दिने सहमती भएको स्रोतले जनाएको हो ।  
 
सहमतीअनुसार काग्रेंसलाई रक्षा ,अर्थ ,सञ्चार ,सहरी विकास , शिक्षा ,स्थानिय विकास ,आवास तथा भौतिक योजना ,शान्ति तथा पुर्न निर्पाण ,स्थानिय विकास ,कानून न्याय तथा संसदीय र सिचाई मन्त्रालय रहेका छन । यस्तै एमालेलाई गृह ,परराष्ट्र ,सामान्य प्रशासन ,स्वास्थ्य ,उर्जा ,पर्यटन ,उद्योग ,यूवा तथा खेलकुद ,कृषि र भूमिसुधार तथा ब्यवस्था मन्त्रालय दिने सहमती भएको छ । 
 
बन ,बाणिज्य तथा आपूर्ति ,विज्ञान तथा प्रविधी ,सहकारी तथा गरिवी निवारण  ,श्रम तथा रोजगार र महिला बालवालिका तथा समाज कल्याण सन्त्रालय अन्य साना दललाई दिएर सरकारमा सहभागि गराउने दुई दलको तयारी रहेको छ । 

Post a Comment

 
Top