महिला रेडियोकर्मीका समस्या
सुनीता पहरी
फागुन १ –
लैंगिक समानताका लागि प्रतिबद्धता जनाउँदै विश्वभर र नेपालमा पनि रेडियो दिवस मनाइरहँदा रेडियोमा नै काम गर्ने महिलाको अवस्था भने सम्मानजनक रहन सकेको छैन ।
भौगोलिक बनावटका हिसाबले अति नै कठिन र विकासका हिसाबले पनि पछि नै रहेको हाम्रो जस्तो देशमा रेडियोले सूचना प्रवाहमा निकै ठूलो भूमिका खेलेको छ । साथै यसले समाजमा लैगिक समानता ल्याउन र लैगिक विभेद अन्त्यका लागि पनि उल्लेख्य योगदान दिएको छ ।
तर रेडियोमा काम गर्ने महिलाहरु भने अझै पनि धेरै चुनौतीहरुबाट गुज्रिनुपरेको अवस्था छ । क्षमताको हिसाबले पुरुषभन्दा कम नरहेपनि aविभिन्न पारिवारिक, सामाजिक, सुरक्षा र काम गर्ने वातावरणका कारण महिला रेडियोकर्मीमाथि धेरै चुनौती कायमै छन् ।
लामो समयदेखि रेडियोमै लगनशील र निष्ठापूर्वक काम गर्दै आएपनि महिलाले गर्ने काम माथि अझै पनि शंकाको दृष्टिकोणले हेर्ने प्रवृत्ति छ भने उनीहरुमाथि सजिलै विश्वास गरिहाल्ने वातावरण बनिसकेको छैन ।
रेडियो म्याग्दीकी अध्यक्ष तथा कार्यक्रम उत्पादक याम कुमारी केसीको अनुभव पनि यस्तै छ । ५ वर्षअघि रेडियोको स्थापना गर्दा उहाँलाई हौसला दिनेहरु निकै कम थिए । ‘महिलाले नेतृत्व गरेको रेडियो पनि के टिक्ला र ? महिलाले यस्तो जिम्मेवारी पूरा गर्नै सक्दैनन्’ भनेर धेरैले निरुत्साहित गर्ने गरेको केसी बताउँनुहुन्छ ।
कार्यसमितीमा रहेकाहरुले पनि समानतामूलक व्यवहार र सहयोग नपाउनु साथै रेडियोमा काम गर्नेलाई पत्रकारलाई अहिले पनि पत्रकारको दर्जा दिन हिचकिचाउनु अर्को चुनौती रहेको उहाँ बताउनुहुन्छ । सामुदायिक रेडियो प्रसारक संघको उपाध्यक्ष पदमा समेत रहेर काम गरिरहनुभएका केसीले अहिले सम्म नेपाल पत्रकार महासंघको सदस्यता नलिनुको यो पनि एक कारण बनेको छ ।
महिलाको पारिवारिक अवस्था र शारीरिक भिन्नतालाई कार्य क्षमतासँग तुलना गर्ने प्रवृत्ति अहिले पनि धेरै ठाउँमा कायमै छ । विवाह भइसकेकाहरुको हकमा परिवारबाटै पेशा परिवर्तनको दबाब आउने गर्दछ भने काम गर्दा धेरै समय दिनुपर्ने र चुनौतीपूर्ण हुने भन्दै परिवारबाटै छोरीलाई रेडियोमा वा पत्रकारितामा लाग्न बन्देज गरिन्छ ।
महिलाको पारिवारिक अवस्था र शारीरिक भिन्नतालाई कार्य क्षमतासँग तुलना गर्ने प्रवृत्ति अहिले पनि धेरै ठाउँमा कायमै छ । विवाह भइसकेकाहरुको हकमा परिवारबाटै पेशा परिवर्तनको दबाब आउने गर्दछ भने काम गर्दा धेरै समय दिनुपर्ने र चुनौतीपूर्ण हुने भन्दै परिवारबाटै छोरीलाई रेडियोमा वा पत्रकारितामा लाग्न बन्देज गरिन्छ ।
यसका बाबजुत पनि काम गर्न आँट गर्नेहरुका लागि पनि सबै ठाउँमा काम गर्ने वातावरण लैगिक मैत्री बन्न सकेको छैन । कतिपय अवस्थामा पुरुष सहकर्मीबाट सहयोग नपाउने वा महिलालाई जिम्मेवार व्यक्तिका रुपमा नभई केबल प्रतिनिधित्व होस् भनेर मात्र सहभागिता गराउने गरेको पनि पाइन्छ ।
मेहनत गरेर काम गरेपनि सहि मुल्यांकन नहुँदा साथै पारिश्रमिकमा पनि विभेद हुँदा महिला रेडियोकर्मीले आफ्नो पेशाबाट नै पलायन हुनुपर्ने अवस्था पनि सृजना भैरहेको छ । यस्तै महिलाले गर्ने कार्यक्रमका विषयवस्तुमाथि समाजबाट हुने नकारात्मक टीका टीप्पणी र आलोचना पनि अर्को चुनौती बनेको छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य, प्रजनन तथा यौन शिक्षा, लैगिक हिंसा बारेका कार्यक्रम गर्दा धेरै नै अप्ठेरो वातावरण सृजना हुने गरेको छ ।
नवलपरासीमा रहेको बिजय एफएमकी सन्ध्या सापकोटाले यस्तै विषयवस्तुमा कार्यक्रम चलाउँदा महिला भएर पनि यस्तो कार्यक्रम चलाउने, लाज नभएको, बिग्रिएर हिँडी भन्ने जस्ता धेरै व्यक्तिगत लान्छनाहरु सहनुपर्यो । तर पनि समाजमा चेतना अभिवृद्धिका लागि र परिवर्तनका लागि जस्तो सुकै चुनौतीलाई पनि अवसरका रुपमा लिँदै अघि बढिरहेको उहाँ बताउनुहुन्छ ।
यसैगरी महिलालाई सबैभन्दा ठूलो चुनौती भनेको सामाजिक र व्यक्तिगत सुरक्षाको हुने गरेको छ । कामको सिलसिलामा विभिन्न ठाउँमा पुग्दा हुने दुव्र्यवहार, लैगिक तथा यौन हिंसा लगायतबाट उनीहरुले पुरुषको तुलनामा बढी चुनौतीको सामना गर्नुपर्ने अवस्था छ ।
फूलबारी सामूदायिक रेडियो सिरहा, लहानकी संस्थापक अध्यक्ष डाक्टर मन्जुला गिरीको यस्तो धेरै अनुभव छ ।
उहाँको आफ्नो रेडियो तथा जिल्लामा भएका अरु रेडियोमा कार्यरत धेरै महिलालाई बलात्कार गर्ने, सार्वजनिक ठाउँमा बेइज्जत गर्ने जस्ता धम्की आउने गरेको गिरी बताउनुहुन्छ । यस्ता धम्कीको कानुनी उपचार खोजिएपनि महिलाहरु मनोवैज्ञानिक रुपले नै त्रसित बन्नुपरिरहेको अवस्था रहेको उहाँको भनाइ छ ।
यस्ता पारिवारिक, सामाजिक, आर्थिक समस्या, असुरक्षा, असहज काम गर्ने वातावरणका बीच पनि टिकेर काम गर्ने महिला रेडियोकर्मीले समाज परिवर्तनका लागि गरेको योगदान निकै ठूलो छ । अझ नेपालको परिपे्रक्षमा भन्ने हो भने संचारको क्षेत्रमध्ये सबैभन्दा बढी महिला रहेको क्षेत्र नै रेडियो रहेको छ ।
विश्वमा रेडियोमा काम गर्नेहरुमध्ये २६ प्रतिशत महिला रहेका छन् भने नेपालमा महिला रेडियोकर्मीको संख्या ३३ प्रतिशत भन्दा पनि बढी छ ।
यसरी नेपालमा महिला रेडियोकर्मीको सक्रियताले घरको चुलोचौकोदेखि समाज र देश परिवर्तनमा उल्लेख्य भूमिका खेलेको छ । विविध चुनौतीका बाबजुत देखिएको यो हौसलापूर्ण सहभागिता अझ बढाउन उनीहरुको कामको सहि मुल्यांकन हुनु जरुरी छ भने महिलालाई यस क्षेत्रबाट पलायन हुन रोक्न काम गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ ।
Post a Comment