' दुई पक्षीय वार्ता निश्कर्षविहिन '
फागुन ११–
एमालेलाई गृह मन्त्रालय दिन कांग्रेस लचक भएपछि मन्त्रालय बाँडफाँडका लागि बसेको कांग्रेस र एमालेबीचको दुई पक्षीय वार्ता विनानिश्कर्ष टुंगिएको छ ।
राजधानीको होटल द्वारिकाजमा आइतबार भएको छलफल बिनानिश्कर्ष सकिएको हो । बैठकपछि नेताहरुले मन्त्रालय बाँडफाँडमा सहमति नजिक पुगिएको र थप छलफल गरि टुंगोमा पुगिने जानकारी दिए । गृह मन्त्रालय एमालेले लिएपछि अरु शक्तिशाली मन्त्रालय आफूले पाउनुपर्ने कांग्रेसले अडान लिएपछि सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले दाबी गरे ।
मन्त्तालय भागबण्डाको विषयमा दलहरुले अब पार्टीमा आन्तरिक छलफल गरेर अघि बढ्ने बताएका छन् । आन्तरिक छलफलपछि सोमबार पुन दुई पक्षीय बैठक बस्ने बताइएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, विनाविभागिय मन्त्री रामशरण महत र केन्द्रिय सदस्यद्धय मिनेन्द्र रिजाल र आमोदप्रसाद उपाध्याय सहभागि थिए भने एमालेका तर्फबाट गृहमन्त्रीका आकांक्षी वामदेव गौतमसहितको टोली सहभागिता थियो ।
Post a Comment