भू–माफियाको चलखेल सुकुम्बासी आक्रोशित
फागुन ११–
पूर्वी मोरङमा भू–माफियाहरुको चलखेल बढेको भन्दै सुकुम्बासीहरु आक्रोशित भएका छन् ।
भू–माफियाको दवावमा आएर शनिश्चरे–६ की फुलमाया राईले बर्षौदेखी जोतभोग गरेपनि बाँझो इलामका भिमबहादुर तामाङसँग मिलोमतो गरी डेढ बिघा जग्गा १८ लाख रुपैयाँमा किनेको रहस्य सार्वजनिक भएपछि सुकुम्बासीहरु आन्दोलित भएका हुन् ।
राईलाई एकसाताभित्रै जग्गाको पुर्जा फिर्ता गर्न उनीहरुले आग्रह गरेका छन् । उनीहरुले पुर्जा फिर्ता नगरे जग्गा कब्जा गर्ने चेतावनी समेत दिएका छन् । करिब ३ सयको हाराहारीमा उपस्थित भएका सुकुम्बासीहरुले राईको जग्गामा कालो झण्डा गाँड्दै सांकेतिक बिरोध जनाएका छन् । बर्षौदेखी जोतभोग गरेको जग्गा भू–माफियाले चलखेल गरेर आफ्नो नाममा पुर्जा कायम गरेको भन्दै सुकुम्बासीहरुले दोहोरो स्वामित्व अन्त्य गर्न सरकारले उच्च स्तरीय आयोग गठन गर्नु पर्नेमा जोड दिएका छन् ।
इलामको चुलाचुली र सुनसरीको कोटीटप्पु बन्यजन्तु आरक्षको सट्टाभर्ना पाउँनेहरु त्यहाँ उपभोग गर्न नआएपछि सो जग्गा माफियाहरुले ०४१ सालमा बनेको तुङ्ध्वज खाँड नेतृत्वको आयोगमार्फत दर्ता गराएर सुकुम्बासीहरुमाथी खेलबाड गरेको शनिश्चरे सुकुम्बासी समस्या समाधान पहल समितिका संयोजक जहरमान लिम्बुले बताए ।सट्टा दिएको जग्गा मन नपर्दाे भएपछि धेरैजसो किसानहरु सट्टाभर्नाको जग्गामा आएका थिएनन् । उनीहरु नआएपछि सोही जग्गा त्यो भन्दा अगाडि २०३५ सालदेखि जोतभोग गरेर बसोबास गर्दै आएकाहरु सुकुम्बासीहरुलाई समेत छलेर माफियाहरुले जग्गा दर्ता गराएकोप्रति पथरी सुकुम्बासी समस्या समाधान समितिका अध्यक्ष बलबहादुर फ्याकलेबताए । मोरङको पथरी, वयरवन, शनिश्चरे, हसन्दह लगायत गाविसभित्रको त्यसखाले समस्या समाधानका लागि आयोग समेत गठन गरिनुपर्ने उनले माग गरे । उनले भने – ‘२०३५ सालदेखि सुकुम्बासी बसोबास छ । जग्गाधनी पूर्जा कसैसँग छैन । २०४१ सालमा तुङध्वोज खाँड आयोगको मिलेमतोमा भूमाफियाले जग्गा आफ्नो बनाए ।’ जोतभोगको आधारमा तत्काल सम्बन्धित सुकुम्बासीहरुलाई जग्गाको धनी पुर्जा उपल्बध गराउन उनको माग छ ।
स्थानीय कपिलमणी ढकालले ३५ वर्षदेखि आफुहरु पिडीत बन्दै आएको बताए । पञ्चायतकालदेखि हालसम्म सुकुम्बासी समस्याको लागि जति आयोग बनेपनि समस्या समाधान गर्न नसकेका उनले बताए । जाली किर्ते गरेर बनाएका धनीपूर्जाहरु खारेज गरेर वास्तविक व्यक्तिको नाममा धनीपूर्जा जारी गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
बिष्णुबहादुर धिमालले किता काँट तथा फिड बुक भैसकेको भएपनि आफुले अझैसम्म पुर्जा नपाएको बताए । उनले भने–भू–माफियाले चलखेल गरेर अलबहादुर खड्काको नाममा आफ्नो जग्गाको पुर्जा छ भन्ने सुनेको छु । जोतभोग गरे उर्वराभूमि बनाएपछि भू–माफियाले आँखा गाँडेको उनले आरोप लगाए । शनिश्चरे–८ की गोविन्द्र सुवेदीले भू–माफियाहरुको चलखेल बढेको भन्दै आपत्ती जनाए । जग्गाको भाउ आकाशिएपछि भू–माफियाहरु सलब्लाए ।’ भू–माफिया विरुद्ध सुकुम्बासीहरु एकजुट भएर प्रतिकार गर्नुपर्नेमा उनले जोड दिए । शनिश्चरे गाविसको अंधिकाश, हसन्दहमा आंशिक, पथरी–४ र ५, बयरवन ३, ४, ५, ७, ८ र ९ लगायत क्षेत्रमा दोहोरो स्वामित्वको समस्या देखिएको छ । सो क्षेत्रमा सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या ५३ हजारको हाराहारीमा रहेको बताइएको छ ।

Post a Comment