0
 

माधवले भने, ‘ओली विरामी हुँदैमा पार्टी नै विरामी हुने ?’

 
madhavफागुन १३ – 
पार्टीको तर्फबाट मन्त्रीहरुको नाम तय गर्न ग्रान्डी अस्पतालमा स्थायी समितिको बैठक बसेकोमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर आपत्ति प्रकट गरेका छन् । सुत्रका अनुसार एमालेका अर्का वरिष्ठ नेता केपी ओली युरीक एसीड बढेर हात सुन्नीएपछि ग्रान्डी अस्पताल भर्ना भएका छन् । ओलीको सजिलोका लागि सोमबार एमाले स्थायी समितिको वैठक अस्पतालमै बस्यो । त्यसरी कोही विरामी हुँदैमा पार्टीकै बैठक अस्पतालमा गर्न नहुने नेपालको भनाइ थियो ।
नेता नेपालले एमाले अध्यक्ष झलनाथ खनाललाई वैठक अस्पतालमा नराख्न अघिल्लो दिन नै आग्रह गरेका थिए । ओलीको धारणा बुझेर केन्द्रीय कार्यालयमा बैठक बस्नुपर्ने नेपालको राय थियो । तर अध्यक्षले आफ्नो आग्रहलाई टेरपुच्छर नलगाइ सबैलाई ग्रान्डीमै डाकेपछि नेपाल क्रुध्द भएका छन् । उनी दिनभर वैठकमा गएनन । बरु कोटेश्वरस्थित आफ्नै निवासमा बसीरहे ।
नेपाललाई भेटन आउनेसँग उनी त्यही बारेमा गुनासो गरीरहे । स्वकीय सचिव मोहन गौतमसँग उनी आक्रोश पोखीरहे । ‘कोही विरामी भयो भन्दैमा अस्पतालको आइसीयूमै वैठक बस्न हुन्छ ? पार्टी पध्दतीमा यस्तो हुन्छ ? ओली विरामी हुनुभयो भन्दैमा सिंगै पार्टी विरामी हुने ? ओलीजीको किडनीले काम गरेन भन्दैमा सिंगै पार्टीको किडनी फेल हुने ? ओलीजी महाराज हो ?’
नेपालले अध्यक्ष खनाल पनि शक्तिको पुजामा लागेको र ‘ओलीको गाथको चिन्ता’ गरेको भन्दै आक्रोश पोखेका थिए । ‘बामदेवजी त जता काफल पाक्यो, त्यतै चरी नाच्यो भन्दै ओलीकै पछी लाग्नुभयो, अब जेएनजी पनि शक्तिकै पछि पछि लाग्ने । अध्यक्षको हैसियत नै विर्सिएर अस्पतालमा वैठक किन गर्ने ? पार्टी अध्यक्ष नै विरामी भएको भए अध्यक्षता गर्ने मानिसकै समस्या हुन्थ्यो भन्न सकिन्थ्यो, तर ओलीजीको राय लिएर अरुले बैठक चलाए हुन्नथ्यो ? ओलीकै पछि पछि पार्टी लाग्नुपर्ने ?’, नेपालको भनाइ उधृत गर्दै सुत्रले भन्यो ।

Post a Comment

 
Top