0

अनुशासनहीन २८ प्रहरी कारबाहीमा


फागुन १–
 जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी शुद्धीकरण अभियानअन्तर्गत पदीय आचरणविपरीत कार्य गर्ने २८ प्रहरीलाई विभिन्न कारबाही गरेको छ ।
morangकार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यही साउन महिनादेखि हालसम्ममा नोकरीबाट हटाउने, निलम्बन, तलब वृद्धि रोक्का, पदोन्नति रोक्का र नसिहत गरी कारबाही गरेको हो । यसरी कारबाहीमा पर्नेहरूमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।
कार्यालयले दुईजना प्रहरी जवानलाई नोकरीबाट हटाएको छ भने दुई जनालाई निलम्बन गरेको छ । साथै, तीन सहायक प्रहरी निरीक्षक, ६ प्रहरी हबलदार र आठ जना प्रहरी जवानलाई नसिहत तथा एक जना प्रहरी हबलदारलाई प्रहरी जवानमा घटुवा गरिएको छ ।
यसैगरी एकजना प्रहरी हबलदारलाई एक वर्ष तलब वृद्धि रोक्का, दुई प्रहरी जवानको पाँच वर्ष पदोन्नति रोक्का, दुई प्रहरी जवानको तीन वर्ष पदोन्नति रोक्का र एक प्रहरी जवानको एक वर्ष पदोन्नति रोक्का गरी कारबाही गरिएको कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top