नदीको दुई किनारा…, पारस र हिमानीको पिरती
१५ फागुन :
बैंककमा थाई प्रेमिकासँग बस्दै आएका पूर्वयुवराज पारस तत्काल नेपाल नफर्किने भएका छन् । हालै उनले दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई फ्रिलाइफ नै ठिक छ म खुशी छु ।’ आफू बैंककमै रहेको बताउँदै उनले नेपाल फर्कने योजना नभएको बताएका छन् ।
पूर्वयुवराज पारसले देश छाडेको साढे तीन वर्ष भइसकेको छ । चितवनमा सुजाता कोइरालाका ज्वाई रुबेल चौधरीसँगको लफडालगत्तै देश छाडेका उनी त्यसयता फर्किएका छैनन् । पहिला सिंगापुर बसेका उनी पछिल्लो समय बैंककमा थाई प्रेमिका कोनिकासँग बस्दै आएका छन् ।
अन्तर्वार्तामा उनले आफ्नो युवराज पद गुमेकोमा दुःख नभएको र आफू राजा हुनलाई नजिन्मिएको समेत बताएका छन् । थाइल्याण्डमा क्रिकेट खेल्न पुगेका नेपाली चेलीहरूलाई उनले हौसला पनि प्रदान गरे । भोजमा पनि सहभागी भएका थिए । गत वर्ष गम्भीर किसिमको हृदयघातबाट उनी बाँच्न सफल भएका थिए । अहिले उनी निकै फिट देखिएका छन् । तर अचम्म हिमानीप्रति उनको मन फर्किएको छैन ।
हिमानीले पटक–पटक पारसलाई स्वदेश फर्काउने प्रयास गरेपनि उनी सफल हुन सकेकी छैनन् । मनमा पीडा लिएर उनी बच्चाहरूसँग रमाएर बसेकी छिन् । सोमबार बच्चाहरूसँगको फोटो फेसबुकमा राख्दै उनले लेखेकी छिन्, विथ माई हर्टबिट, लभ यू अल (मुटुका घड्कनहरूसँग) ।
पारसकै कारण पूर्वराजा ज्ञानेन्द्रसमेत तनावमा छन् । नागार्जुन दरबारमा पट्यारलाग्दो जीवन बिताउँदै आएका ज्ञानेन्द्रले पनि पारसलाई फर्काउने प्रयास गरेपनि उनी सफल हुन सकेका छैनन् । पारसकी गर्लफ्रेन्ड मात्र पूर्वराजपरिवारको चिन्ताको विषय होइन, बैंकक माफियाको सहर भएको र पारसका विरोधीहरू त्यहाँ छन् । पारसले सुरक्षा माग्दै त्यहाँस्थित नेपाली दूतावासमा समेत गत वर्ष निवेदन दिएका थिए । तर पारस न त गर्लफ्रेन्ड कोनिका छाड्न तयार छन् न बैंकक नै ।
पारसका उतारचढाव
पूर्व युवराज पारस शाहले नेपाल छाडेको तीन वर्ष चार महिना भयो । ११ भदौ ०६७ मा विदेशिएका उनी त्यसयता एकपटक पनि काठमाडौं फर्केका छैनन् । सुरुमा सिंगापुर र त्यसपछि लगातार थाइल्यान्डको राजधानी बैंककमा बस्दै आएका उनको जीवनमा यसबीचमा निकै उतारचढाव आए । हृदयघातपछि अस्पताल भर्ना भए, त्यहाँ उनले ‘पुनर्जन्म’ पाए । अस्पताल भर्ना हुनुअघि नै लागूऔषधको अम्मली बनिसकेका उनले अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि झण्डै दश महिना च्यान्च्याइ सुधारगृहमा बिताउनुपर्यो । केही समयअघि मात्रै पूर्व युवराज पारस सुधार गृहबाट निस्किएका छन् ।
उनकी पत्नी हिमानी यसअघि नै ‘हिमानी ट्रस्ट’ स्थापना गरेर समाजसेवामा सक्रिय भइसकेकी छिन् । जानकारहरूका अनुसार पारस पनि समाजसेवामार्फत् उनी आफ्नो बिग्रिएको छवि सुधार गर्न चाहन्छन् । आफू घर फर्कन चाहेको सन्देश उनले निर्मल निवासमा पुर्याइसकेका छन् । तर, पारसको पासपोर्ट बैंकक प्रहरीसित छ । सुधार गृहमा बसेर आएको हुनाले उनको पासपोर्ट अभिभावकको जिम्मा मात्रै प्रहरीले लगाउनेछ ।
सन्चो भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएकै समयमा पूर्व युवराज पारस नेपाल फर्कन चाहेका थिए । परिवारका सदस्यहरू पनि उनलाई यतै ल्याउन चाहन्थे । तर, दुव्र्यसनको लत बसेका कारण उनले सुधार गृहमा बस्नुपर्ने भयो । त्यसैले त्यतिबेला स्वदेश फर्कन सम्भव भएन । अब भने उनको उपचार पूर्ण रूपमा सकिएको छ । अभिभावकका रूपमा घरका कोही सदस्य गएर ल्याउन चाहे अब उनलाई स्वदेश फर्कन कुनै समस्या छैन ।
गर्लफ्रेन्ड सँगै छिन्
सुधार गृहबाट निस्किएपछि पूर्व युवराज पारस अहिले बैंककमा बस्न थालेका छन् । कहिलेकाहीं भने उनी फुकेटमा गएर बस्छन् । बैंककमा उनलाई थाई प्रेमिका कन्निका चाइसानले साथ दिने गरेकी छिन् । अहिले पनि पारसलाई प्रेमिकाले नै स्याहार गरिरहेको स्रोतहरूले जनाएको छ ।
स्रोतहरूका अनुसार पारस आफ्नी थाई प्रेमिकालाई पनि नेपाल ल्याउन चाहन्छन् । तर, निर्मल निवासले भने त्यसमा सहमति दिएको छैन । ‘प्रेमिकासहित आउने भए उतै बसेको जाती भन्नेमा छ निर्मल निवास,’ स्रोत भन्छ । लामो समय आफू बैंककमा बस्दा र बिरामी हुँदासमेत प्रेमिकाले सघाएकाले उनलाई छाड्न नसक्ने पारसले आफ्ना साथीहरूलाई बताउने गरेका छन् ।
काठमाडौंमा रहेका केही साथीसँग पनि पारस अहिले नियमित सम्पर्कमा छन् । केही साथीहरू उनलाई भेट्न भनेर नै बेलाबेलामा बैंकक जाने गरेका छन् । ‘उहाँ सम्पर्कमा हुनुहुन्छ, हामी साथीहरू पनि जाने गरेका छौं,’ पारसलाई भेट्न माघ अन्तिम साता बैंकक गएका उनका एक साथीले भने । नेपाल फर्केपछि आफू समाजसेवामा लाग्ने योजना रहेको पारसले साथीहरूलाई सुनाउने गरेका छन् । ‘अब उहाँको चाहना नेपालमै बस्ने र समाजसेवा गर्ने रहेको छ,’ पारसका एक साथीले भने ।
विरक्तिएर विदेश गए
जानकारहरूका अनुसार नेपालमा राजनीतिक परिवर्तनसँगै पूर्व युवराज पारस विरक्तिएका हुन् । ०६२/६३ को दोस्रो जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भयो, दुई सय ३० वर्षदेखि शासन गर्दै आएको राजसंस्था अन्त्य भयो । यसलाई पारसले सजिलै ‘डाइजेस्ट’ गर्न सकेका थिएनन् । ‘बदलिएको अवस्थालाई उहाँ ९पारस० ले डाइजेस्ट गर्न सक्नुभएको थिएन तर केही गर्न सक्ने अवस्थामा पनि हुनुहुन्थेन,’ स्रोतहरू भन्छन् ।
आफ्ना पिता तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको १९ माघको कदमपछि भइरहेका घटनाक्रमप्रति पनि पारस सन्तुष्ट थिएनन् । पुराना र ‘जनताबाट बहिष्कृत’ व्यक्तिहरूलाई साथ लिएर अगाडि नबढ्न उनले पिता ज्ञानेन्द्रलाई सुझाव दिएको स्रोतहरू बताउँछन् । दोस्रो जनआन्दोलनपछि पनि पूर्ण रूपमा राजसंस्थाको अन्त्य गर्न नहुने उनको अडान थियो । तर, यी सबै कुरामा पूर्व राजा ज्ञानेन्द्रले पारसका कुरा नसुनेको उनी निकट स्रोत बताउँछ । ‘घरबाट समेत आफूलाई सहयोग नरहेको उहाँको गुनासो हुन्थ्यो,’ स्रोत भन्छ ।
नेपालमा बनेको आफ्नो नकारात्मक छविका कारण पनि पारसमा निराशा उत्पन्न भएको थियो । विरक्तिएकै कारण उनी विदेश भासिएको पारस निकट स्रोतहरू बताउँछन् । सुरुमा उनी सिंगापुर गए । उनले परिवारसहित नै उतै बस्ने योजना बनाएका थिए । तर, पछि बैंकक बसाइ सरे । तनावका कारण उनी लागूपदार्थको अम्मली बने जसले उनको स्वास्थ्य पनि खत्तम बनायो । ‘विरक्तिएर नै उहाँमा गाँजाको लत बसेको हो,’ स्रोत भन्छ ।
पैसाको अभाव
विदेश गएपछि पूर्व युवराज पारसलाई पैसाको अभाव भइरह्यो । किनभने उनले बैंककमा पनि खर्चिलो जीवनशैली अपनाएका थिए । बिरामी भएर अस्पताल भर्ना भएपछि त झन् समस्या भयो । अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि सुधार गृहमा बस्दा पनि उनको खर्चिलो उपचार भयो । च्यान्च्याई सुधार केन्द्रमा पारसले प्रतिमहिना डेढ लाख भाट ९नेपाली रुपैयाँ झण्डै साढे चार लाख० बुझाउनुपरेको थियो । त्यति रुपैयाँ बुझाएपछि सुधार गृहले सबै उपचार गरेको थियो । गत ३० डिसेम्बरमा पारसको सम्पूर्ण उपचार सकिएको थियो । काठमाडौंबाट परिवारले पैसा पठाइदिएपछि उनी सुधार गृहबाट ‘डिस्चार्ज’ भएका थिए ।
स्रोतहरूका अनुसार पूर्व अधिराजकुमार धीरेन्द्र शाहका छोरीहरू शीताष्मा र दिलाषामार्फत् पूर्व राजा ज्ञानेन्द्रले पारसलाई अहिले पनि खर्च पठाउने गरेका छन् । केही थप रकम शीताष्माले छुट्टै पनि पठाउने गर्छिन् । जानकारहरूका अनुसार शीताष्माले सुरुदेखि नै बैंककमा रहेका पारसलाई आर्थिक सहयोग गर्ने गरेकी थिइन् । तर, केही समययता ज्ञानेन्द्रले पठाएको खर्च अपुग हुन थालेको पारस निकट साथीहरू बताउँछन् ।
निरस जन्मदिन
सुधार गृहबाट निस्किएलगत्तै पूर्व युवराज पारसले सीमित साथीहरूका माझमा आफ्नो जन्मदिन मनाएका छन् । १५ पुस उनको जन्मदिन हो । पारस निकट साथीहरूका अनुसार उनको जन्मदिन निरस भयो । पारसले जन्मदिन मनाइरहँदा उनकी पत्नी हिमानी, पिता ज्ञानेन्द्रसँगै पूरै परिवार भारत भ्रमणमा थियो । त्यतिखेर निर्मल निवास पनि सुनसान नै थियो ।
गत वर्ष फागुनमा पूर्व युवराज पारसलाई अकस्मात् हृदयघात भएपछि करिब डेढ महिना बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि उनलाई सुधार गृहमा राखिएको थियो । त्यहाँको बसाइपछि पारसको स्वास्थ्य र दैनिक जीवनमा पूरै सुधार आएको छ ।
पति पारस बिरामी भएर अस्पताल भर्ना भएपछि हिमानी उनलाई भेट्न दुईपटक बैंकक गइसकेकी छिन् । त्यतिबेला पारसलाई भेट्न उनका बुबा ज्ञानेन्द्र र आमा कोमल पनि बैंकक गएका थिए ।

Post a Comment