0

गृहमन्त्रीज्यू यी को हुन् ?

UML Done
१५ फागुन :
गृहमन्त्री बामदेव गौतमले एमालेमा गुन्डा नभएको दावी गरे। बिबिसीका रविन्द्र मिश्रसँग बुधवारको कुराकानीमा उनले आफु भ्रष्टाचारी नभएको र एमालेमा कुनै गुन्डा पनि नभएको दावी गरे। तर, सुरक्षा निकायको सूची हेर्दा उनको तर्कमा दम देखिएन।
राधे भन्डारीलाई खुकुरी हानेर मार्ने प्रयास गरेको अभियोगमा फरार रहेका दिनेश अधिकारी चरी एमालेको धादिङ क्षेत्र नम्बर १ का क्षेत्रिय उपाध्यक्ष हुन्। ललितपुरमा मिनकृष्ण महर्जनलाई गोली हानेर हत्या प्रयासको योजना बनाएको अभियोगमा फरार रहेका सुजन पौडेल बाहुन पनि एमाले रामेछापका जिल्ला समिति सदस्य हुन्।
आपराधिक गतिविधीवाट अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्धा खेपीरहेका पर्शुराम बस्नेत एमालेको युवा संघको पूर्वाञ्चल संयोजक हुन्। पेस्तोल सहित काठमाडौंमा पक्राउ परेका दाङका अर्जुन गुरुङ युवा संघकै विभागिय प्रमुख छन्। यी त केही सूची मात्रै हुन्।
पत्रपत्रिकामा एमालेले संरक्षण दिएको गुन्डा भन्दै आएका नामबारे मिश्रले प्रतिप्रश्नगर्दा भने उनी केही रक्षात्मक बन्दै भने ‘ हुलमुलमा कोही ब्यक्ति आएका हुनसक्छन्। मेरो पार्टीमा कुनै गुन्डा भए पनि कारवाही हुन्छ।’
बाध्यताले प्रहरीमा हस्तक्षेप तर, अब गर्दिन
गृहमन्त्री बामदेव गौतमले हिजोको दिनमा आफुले बाध्यताबस रुपमा प्रहरीमा हस्तक्षेप गरेको दावी गर्दै ‘स्थानीयनिकायको निर्वाचन गराउन हस्तक्षेप गरेको प्रष्टिकरण दिएका छन्। २०५४ सालमा पहिलो पटक गृहमन्त्री बन्दा तत्कालीन प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आइजीपी बनाएको प्रशंगमा बिबिसी नेपाली सेवासँगको कुराकानीमा उनले’राजनीतकि ब्यक्तिले त्यस्तो खतरा मोल्न तयार हुनुपर्ने भन्दै फेरी त्यस्तो खतरा मोल्न तयार रहेको’ बताए।
उनको निर्णयको विरोधमा सर्वोच्च अदालत पुगेका खरेललाई अदालतले पुन आइजीपीमा फर्काइदिएपछी प्रधान विचल्लीमा परेका थिए।
‘स्थानीय निकायको निर्वाचन हुनसक्दैन भन्ने रिर्पोट गरेपछि बाध्यताबस रुपमा त्यो निर्णय गर्नुपर्‍यो ‘उनले बिबिसीसँग भने’पछि सर्वोच्च अदालतवाट आदेश आएपछि फैसला सिरोपर गरे।’
उनले प्रहरीभित्र हस्तक्षेप गर्ने ब्यक्तिको रुपमा आफ्नोबारे भएको विष्लेशण गलत भएको बताएका थिए। यो विषयमा सर्वोच्च अदालतले आदेश दिइसकेकाले अब त्यस्तो अवस्था नरहेको पनि उनले स्विकार गरे।
सुन तस्करी गरिन
पहिलोपटक गृहमन्त्री बन्दा विमानस्थलवाट सुन तस्करीको लाइननै खुलाएको उनीमाथी आरोप लाग्दै आएको छ। विपक्षी र विरोधी दलले मात्रै हैन उनका तत्कालीन सहयोगी काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापीतले त्यसको बेलिविस्तार नै सार्वजनिक गरेका थिए।
एमाले फुटाएर माले बनाएपछि एमालेले खुल्लामञ्चवाटै उनलाई एक नम्बर भ्रष्टाचारी भएको घोषणा समेत गरेको थियो।
सुन तस्करी र भ्रष्टाचारको विषयमा जोड्दा उनले केही ब्यक्तिले पूर्वाग्रही राखेर आरोप लगाएको तर्क गर्दै गृहमन्त्री र प्रहरीले एयरपोर्टमा सुन तस्करी नगर्ने दावी गरेनन् मात्रै भ्रष्टाचारी भएको भए कहि कतैवाट कारवाहीमा पर्नुपर्ने भन्दै त्यसको खन्डनको प्रयास समेत गरे।
काठमाडौंमा भएको आलीसान घरबारे रविन्द्र मिश्रको जिज्ञासामा उनले भने’मेरो घरबारे सत्यतथ्य सार्वजनिक गर्छु।’
उनले आफ्नो प्राथमिकता भ्रष्टाचार नियन्त्रण भएको दावी गर्दै ‘भ्रष्टाचार हुने ठाउँ पहिल्याएर कडाई गर्ने ‘ बताउँदै पत्रकार मिश्रले पत्याएनन्। उनले २ महिनामा काम गरेर देखाउने घोषणा गदैं आफ्नो चाहना अनुसार गृहमन्त्री नभएको बताउँदै भने’ म त प्रधानमन्त्री बन्न लागेको ब्यक्ति हुँ, काँग्रेससंग पावर सेरिङ गर्दा पार्टीले गृहमन्त्रीको रुपमा पठाएको हो।’

Post a Comment

 
Top