0

दिलशोभा प्रकरणले उब्जाएका दश प्रश्न

 आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठलाई यौन दुराचारको आरोप लागेपछि प्रशासनले उनको संरक्षणमा रहेको बालबालिकालाई उद्दार गरिएको भन्दै अर्को आश्रममा सारेको छ ।
तर, सो आरोप र प्रकाशित समाचार प्रति दिलशोभाले खण्डन गर्दै यौनदुराचारको प्रमाण ल्याउन चुनौती दिइरहेकी छिन् ।
यी घटनाक्रमहरु सतही रुपमा मात्र देखिएका छन् र बुझिएका छन् । यस भित्रको ‘अन्र्तवस्तु के होला ?’ भन्ने थुप्रै यस्ता प्रश्नहरु जन्मिएका छन् ।
१) दिलशोभाले सञ्चालन गर्दै आएको आमाघर दर्ता भएको छैन सबैलाई थाहा थियो तर किन पहिले यो सन्दर्भ कसैले उठाउने चेष्टा गरेनन् ?
२) पत्रकारहरुले यसअघि आमाघरभित्रको कमिकमजोरी नखोतलेर किन वाह वाह मात्र गरे ?
३) आमाघरबाट उद्दार गरिएको भनिएका बालबच्चाहरुलाई सिधै गोदावरीको बाल आश्रममै किन लगियो ?
४) उनीहरुलाई सरकारी संरक्षणमा रहेको बाल मन्दिरमा किन लगिएन ?
५) गोदावरीमा भएको बालआश्रमको स्पष्ट विवरण किन दिइएको छैन ?
६) गोदावरीको आश्रमको सञ्चालक को हुन् वा कुन संस्थाले चालाएको छ त्यो आश्रम ? यो घटनासँग सो आश्रम संचालकको पनि केही सम्बन्ध छ कि ?
dilshova-nepalsandesh
७) महिलाको यौन दुराचार भयो भनिएको ठाउँमा महिलाको व्यवस्थापन नगरी बालबालिकालाई किन उठाइयो ?
८) यदि दिलशोभाले यौन दुराचार गरेको प्रमाण छ भने किन उनलाई पक्राउ गरिएको छैन ?
९) कुरा दिलशोभाको मात्र हो कि देशभर यस्ता आश्रम कति छन् भन्नेमा ध्यान कस्को जाने ?
१०) आश्रमको नाममा बोर्डमात्र झुण्डाएर बस्ने आश्रम कतिछन् अथवा बाहिर बोर्ड झुण्डाएर भित्र अर्कै काम गर्ने आश्रम छन् कि छैनन् ?

Post a Comment

 
Top