0
 

आन्तरिक विवाद चुलिएपछि कांग्रेसले मन्त्री छान्न सकेन


Top-Leader-of-Nepali-Congress
 
फागुन ९– 
नेपाली काँग्रेसले सरकार विस्तारकाबारे अहिलेसम्म भएको गतिविधिको समीक्षा गर्दै पार्टीभित्रबाट मन्त्री बनाउने नामहरुमाथि छलफल सुरु गरेको छ । पार्टीबाट मन्त्रिमण्डलमा पठाउने नाम भने तय भइसकेको छैन ।
पार्टी संसदीय समितिको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सरकार निर्माणका सम्बन्धमा अहिलेसम्म भएका गतिविधिबारे प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाले जानकारी गराएका थिए ।
साथै पार्टीबाट मन्त्रिमण्डलमा क–कसलाई पठाउने भन्नेबारेमा छलफल भएपनि त्यसबारे कुनै टुङ्गो लाग्न सकेको छैन । यसले गर्दा नेकपा (एमाले) सरकारमा छिट्टै सहभागी नभए पनि पार्टीका तर्फबाट केही मन्त्री थपेर मन्त्रिमण्डललाई विस्तार गर्ने विषय पनि अन्योलमै परेको छ ।
काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार निर्माणका सम्बन्धमा अहिलेसम्म भएका गतिविधिबारे प्रधानमन्त्री एवम् पार्टी सभापति कोइरालाले बैठकमा जानकारी दिएको बताउँदै भने – मुख्य कुरा एमालेसँग कुरा मिलेको छैन त्यसमा अलिकति समस्या छ ।
“आफ्नो पार्टीभित्रबाट कसलाई मन्त्री बनाउने भन्नेबारेमा छलफल भएको छ, गृह मन्त्रालयलगायतका सबै कुरामा छलफल भयो”, महामन्त्री सिटौलाले भने ।
बेलुकासम्म आफ्नै पार्टीका तर्फबाट भएपनि मन्त्री नियुक्त गरेर सरकार विस्तार होला त भन्ने प्रश्नमा महामन्त्री सिटौलाले यसबारेमा अहिले नै केही भन्न नसक्ने बताए ।
“पार्टीका तर्फबाट मन्त्रीको नामावली तय गर्न कसैलाई जिम्मा दिएको छैन, मन्त्री बनाउने बारेमा निर्णय भएको छैन, छलफल जारी छ”, उनले भने ।
गृहमन्त्रालय कसले लिने भन्नेबारेमा काँग्रेस–एमालेबीच विवाद लम्बिएर सरकार गठनमा ढिलाइ भएको हो ।
एमालेको समर्थनमा माघ २७ मा प्रधानमन्त्री चुनिनुभए पनि प्रधानमन्त्री कोइरालाले गृहमन्त्रालयबारे काँग्रेस र एमालेबीच उब्जेको विवाद निरुपण हुन नसक्दा मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको छैन ।
प्रधानमन्त्री कोइरालाले आफ्नै पार्टीका तर्फबाट केही व्यक्तिलाई सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्नुहुने चर्चा चले पनि आज बसेको बैठकमा नाम तय हुन नसक्दा यो विषय पनि टुङ्गोमा पुग्न सकेन ।

Post a Comment

 
Top