0
सहकारीले गाई भैसी तर्फ कृषक आकर्षित
 विभु
९फागुन
ड्ड दैनिक दुग्ध बेचेर जीविकोपार्जन गर्दै आएका बारा डुमरवाना लगायत क्षेत्रका पशुपालकहरु अहिले व्यावासायिक हुँदै गएकाछन् ।
  उन्नत जातका गाई भैसींको दुध उत्पादन वृद्धिका कारण उनीहरु व्यावासायिक हुन पुगेकाहुन् ।  एक दशक अघि दुग्ध उत्पादक कृषकहरुले नै सहकारी संस्था स्थापना गरी दुग्ध बेच्ने र किन्ने थलो बनाएपछि व्यावासायी करण हुँदै गएको हो ।
 सहकारीका प्रमुख ठेगेन्द्र प्रसाद घिमिरे भन्छन्– विकेन्द्रीकरण गर्दै आएको र सहकारीबाट उत्पादित दुध उत्पादन नेपालमा नै पहिलो भएको हो ।  सहकारीकै माध्यमबाट पशु नश्ल सुधार,आहार व्यावस्थापन गोठ सुधार पशु रिन, विमा घाँसको वीउ औषधि उपचार लगायत सुविधा पाउन थालेपछि कृषकको उत्पादन वृद्धिको ठूलो आधार बन्न पुगेको हो ।
 दुध बेच्न र हेरचाह गर्न सरकारीले सहयोग गरेको भारती चौकका तुलसा अधिकारीले भनिन्–दुध बेच्न र हेरचाह गर्न सहकारीले सहयोग गरेको छ ।
चालक पेसा छोडेर चिया पसल चलाएर बसेका अमर सिवाकोटी भन्छन्–सहकारीबाट स्वच्छ, ताजा मिसावट नभएको दुध पाईने भएपछि चिया पसल चलाएर मज्जाले कमाई गरिरहेको छु ।  १ हजार २ सय सदस्य रहेको सहकारी मार्फत दैनिक ४ हजार ५ सय लिटर भन्दा बढी दूग्ध सङ्ककलन भै काठमाण्डौ, हेटौडा, नारायणघाट लगायत स्थनीय क्षेत्रमा विक्री वितरण गर्दै आएकोछ । सहकारीले टालटोलमा दुध सङ्ककल केन्द्र खोलेर टाढा जाने समस्याबाट मुक्ति पाएको बाबुराम अधिकारीले बताए ।
सरकारको मुख ताक्नु भन्दा स्वावलम्बी भै उन्नत पशु पालनमा लागेका उनीहरुले चैत्र देखि ुङ्कलित दुग्धका परिकार बजारमा विक्री वितरण गर्ने भएकाछन् ।
आठ लिटर दुध बेच्ने गरेर घर खर्च चलाएर आर्थिक स्तर उकासेको गीता खतिवडाले बताईन् । डुमरवाना, फत्तेपुर र मनहर्वा ती गाविसमा १३ वटा दुग्ध सङ्कलन राखेर कारोवार वृद्धि गर्दै गरेको सहकारीले कृषकका लागि पशु बिमामा ४ प्रतिशत र कृषकको सञ्चय कोषका लागि ६० पैसा प्रति लिटर दिन थालेपछि यस क्षेत्रमै पशु पालन व्यावसायको होड चलेकोछ ।छोरालाई कमाउन खाडी मुलुक पठाएर दुख पाएपछि गाई भैंसी पालेर राम्रो आम्दानी गर्दै आएका हात्तीसारका रामचन्द्र दाहालले भने– ११ वटा गाईभैसी पालेर दुध विक्री गर्दै आएको छु ।
 कयौं विदेश गए कयौंले कुखुरा पालन गरे तर सबैमा घाटा लागे पछि अहिले गाई भैसीं पाल्ने लहर चलेको विष्णु अधिकारीले बताए ।
 जोखिम न्यूनिकरण र आयमा वृद्धि हुन थालेपछि बाराको डुमरवाना उन्नत पशुपालनका लागि पकेट क्षेत्र हुन पुगेको छ ।


Post a Comment

 
Top