दूतावासमा बोलाएर पियुषले के भने ?
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भित्री रणनीति बुझेर एकीकरणबाट पछाडि हटेका मधेशी जनअधिकार फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव पुनः किन तयार भए समाचार रातोपाटीले फेला पारेको छ । तमलोपाका अध्यक्ष ठाकुरलाई भारतले मधेशमा बलियो बनाउने उद्देश्यले भारतले गराउन लागेको यो एकीकरणबाट पछाडि हटेका उपेन्द्र यादवलाई भारतीय दूतावासमा बोलाएर एकीकरण दवाव दिएपछि पुनः तयार भएको स्रोतको दाबी छ ।
एकसाता अगाडि भारतीय दूतावासमा राजनीतिक विभाग हेर्ने पियुष श्रीवास्तवले उपेन्द्र यादवलाई बोलाएर एकीकरण गर्ने कि नगर्ने कुरा स्पष्ट पार्न भनेका थिए । ‘एकीकरण तपाईकै कारण भइरहेका छैन, तपाईकै कारण एकीकरण अल्झेका छन्, तपाईं स्पष्ट गर्नुस् कि एकीकरण गर्नुहुन्छ कि गर्नुहुन्न’, पियुषले उपेन्द्र यादवसँग सोधेका थिए । त्यति मात्र होइन कि ‘तपाईं पार्टी एकीकरण गर्नुहुन्न भने तपाईकै पार्टीका अरु नेताहरु एकीकरण गर्न तयार छन्’ भनि धम्की पनि दिएका थिए । स्रोतले भने, एकीकरण नगर्ने हो भने पार्टी फुटाएर पनि एकीकरण गराउने धम्की पियुषले दिएका थिए र बारम्बार पार्टी विभाजनको पिडा भोगेका उपेन्द्र यादव सोही डरका कारण एकीकरणका लागि तयार भएका हुन् ।
त्यसपछि उपेन्द्र यादवले पनि पार्टी विभाजन गरेर नै तपाईहरुले एकीकरण गराउने हो भने गराउनुस् मलाई यसमा केही भन्नु छैन, यही कारणले नेपालको राजनीतिक अवस्था विग्रिदै गएको छ तपाईंहरुको यस्तै रणनीतिकै कारण मधेशको अवस्था यस्तो भएको हो, कति फुटाउनु हुन्छ फुटाउनु्’ भनि जवाफ दिएका थिए । दुईजना बीचको वार्तालाप यस्तो तनावमा आएपछि पियुषले ‘नरिसाउनुस्, पहिलो पनि तपाईहरुलाई एकीकरण गर्नुस् भनेको होइन, एकीकरण गरेर चुनावमा गएको भए आज मधेशवादी दलको यो अवस्था हुने थिएन ।’ भारतले मधेशमा टुटफुट होइन एकता चाहन्छन् र यसमा सदैव सहयोग गर्न चाहन्छन् भन्दै उपेन्द्रलाई एकीकरण गर्न आग्रह गरेका थिए ।
अहिले पनि केही विग्रेका छैनन्, एकीरकण गर्नुस् र अगाडि बढ्नुस् भनि पियुषले उपेन्द्रलाई दवाव दिँदै केही दिनका लागि भएपनि तमलोपाका अध्यक्ष महन्थ ठाकुलाई अध्यक्ष मानेर पार्टी एकीकरण गर्न पनि भनेका थिए । यद्यपी उपेन्द्र यादवले महन्थ ठाकुरलाई अध्यक्ष मानेर पार्टी एकीकरण गर्ने पक्षमा थिएन तर भारतीय दूतावासले केही समयका लागि मात्र महन्थलाई अध्यक्ष बनाउने अनि तपाईलाई नै एकीकृत पार्टीको अध्यक्ष बनाउने आश्वासन दिएपछि उपेन्द्र यादवले महन्थ ठाकुरलाई अध्यक्ष मानेर एकीकरण गर्न तयार हुनु भएको बुझिएको छ ।
स्रोतका अनुसार तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाएर उपेन्द्र यादवलाई पार्टीको अध्यक्ष बनाउने भारतको चाहना रहेको छ । भारतले दवाव दिएपछि दुई दिनदेखि तीन दलका अध्यक्षबीच बैठक बसेको छ र आज दिउँसो १ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा कार्यदलसहितको बैठक बस्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
यदि उपेन्द्र यादव पार्टी एकीकरण गर्न तयार नभएको भए उनकै पार्टीका वरिष्ठ नेता भरत विमल यादवको नेतृत्वमा पार्टी विभाजन गराई पार्टी एकीकरण प्रकृयालाई अगाडि बढाउने तयारी भइरहेको थियो । समानुपातिक सभासद् नबनाएको कारण भरतविमल यादवपनि उपेन्द्र यादवदेखि असन्तुष्ट छन् । सो एकीकरणमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतलाई मिलाएर महन्थ ठाकुरको नेतृत्वमा एकीकृत पार्टी निर्माण हुने तयारी भइरहेका थियो ।

Post a Comment