सकिन्छ दृष्टिविहीको रोजगारीमा बृद्धि
फागुन १७–
दृष्टिविहीन महिलाको रोजगार प्रवद्र्धनका लागि नवीनतम प्रविधि भित्र्याउने सके उनीहरुको रोजगारी दरमा वृद्धि ल्याउन सकिने बताइएको छ ।
दृष्टिविहीन महिलाका लागि नेत्रहीन महिला सङ्घले आज आयोजना गरेको कार्यक्रममा दृष्टिविहीन महिलाको विशेष गरी इमेल इन्टरनेटलगायत प्रविधिमा पहुँच हुने हो भने रोजगारीमा समस्या नहुने सङ्घका अध्यक्ष नीरा अधिकारीले बताइन् ।
अधिकारीले भाषा अनुवादको काम पनि दृष्टिविहीन महिलाका लागि उपयुक्त हुन सक्ने र गर्न सक्नेमध्येको एक काम हो भन्दै दृष्टिविहीन महिलाका लागि रोजगारमूलक शिक्षा तथा तालिमको अभाव पनि मुख्य चुनौतीका रुपमा रहँदै आएको बताइन् ।
हाल अधिकांश दृष्टिविहीन महिलाको रोजगारीको क्षेत्र अध्यापन रहँदै आएको छ । सङ्घको तथ्याङ्कअनुसार नेपालमा करिब ७०० महिला दृष्टिविहीन छन् ।
Post a Comment