आमाघरबाट थप तीन बालबालिकाको उद्वार
दिलशोभा श्रेष्ठको आमाघरबाट शुक्रबार थप तीन बालबालिकाको उद्वार गरिएको छ । बालबालिकालाई स्कुल नपठाइ उच्च जोखिममा राखेको भन्दै केन्द्रीय बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार ३४ बालबालिकाको उद्वार गरेको थियो । आमाघरमा ४९ बालबािलका छन् भनिएपछि बुधबार ३४ मात्रै भेटिएका थिए । बुधबार उद्वार टोलीलाई श्रेष्ठले तीन बालबालिका अभिभावकले लगेको बताइएकी थिइन् ।
शुक्रबार श्रेष्ठले बालकल्याण समितिलाई अविभावकले लगेका तीन बालबािलका आए लिन आउनुस् भन्ने खबर गरेकी थिइन् । आमाघरबाटै बच्चा लिन आउनुस भन्ने खबर पाएपछि उद्वार गर्न गएका हौं, समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुषालले भनिन्, तर, बुधबार बच्चा लिन जाँदा समिति र उद्वार टोलीलाई तथानाम गाली गर्दै बालबािलका दिएर पठाउनुभयो । श्रेष्ठले आफुमाथी षडयन्त्र गरेको भन्दै उद्वार टोलीलाई गाली गलौज गरेको भुषालले बताइन् । घरेलु काममा लागि पोखरा गएका तीन बालबालिकालाई पनि समितिले निगरानीमा लिइसकेको भुषालले जानकारी दिइन् ।
श्रेष्ठलाई लागेका बिभिन्न दुव्र्यवहारका आरोपबारे थप कुनै अनुसन्धान नभएको काठमाडौं प्रहरी परिषरका एसएसपी रमेश खरेलले जानकारी दिए । हालसम्म बालकल्याण समिति र जिल्ला प्रशासन कार्यालयले हेरिरहेको छ,उनले भने, प्रहरीलाई अनुसन्धान गरिदिनुस भनेर कसैले औपचारिक आग्रह गरेको छैन, त्यसैले हालसम्म घटनाबारे केही अनुसन्धान अघि बढाएका छैनौं । उनका अनुसार समितिले प्रहरीलाई अनुसन्धान गर्न भनेपछि मात्रै अनुसन्धान अघि बढाउँछौं
Post a Comment