0
तुसारो र चिसोका कारण पाँचथरका आधा दर्जन गाविसमा लगाएको आलुको विउँ उम्रेन, कृषक चिन्तित
फागुनको दोस्रो साता वितेपनि सदुर पूर्वी जिल्ला पाँचथरको उत्तरपूर्वी गाविसमा तुसारोका कारण वर्खे आलु उम्रन नसक्दा कृषकमा चिन्तित देखिएका छन् ।
 
गर्मी याम शुरु हुने समय भएपनि अहिलेसम्म तुसारो र चिसो हट्न नसक्दा कृषकले लगाएको बर्खे आलुले अहिलेसम्म टुसा हाल्न सकेको छैन् । दिनहुँ परिरहने तुसारो र चिसोका कारण रोपिएको आलुले टुसा हाल्न सकेको छैन् ।
 
पाँचथरको उत्तरपर्वी गाविस च्याङथापु,फलैँचा,रानीटार,फिदिमको माथिल्लो क्षेत्र,पौवासारताप,प्राङबुङ,मेमेङ  लगायत आधा दर्जन वढी गाविसमा कृषकले तुसारोको हैरानी खेप्नु परेको हो ।
 
यी गाविसमा कृषकको मुख्य वालीकै रुपमा आलु खेती रहेपनि अहिलेसम्म आलुले टुसा नहाल्दा आलु उत्पादनै नहुने हो कि भन्ने समस्याले कृषकहरु पिरोलिएका 
छन् । माघको पहिलो साता रोपिएको आलु साउन,भदौको समयमा तयार हुने गर्दछ ।

Post a Comment

 
Top