0
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु
१७ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एभरेष्ट ‘कल्चर ग्रुप’ काठमाडौँद्वारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आज यहाँ उद्घाटन गर्नुभयो । फागुन १९ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालसहित जर्मनी, श्रीलङ्का, भारत, घाना, इरान, बङ्गलादेश, इन्डोनेसिया, मोरक्को, दक्षिण कोरिया र इजरायल सहभागी रहेको नेपाल लोक दोहोरी प्रतिष्ठान मकवानपुरले जनाएको छ ।
 
विदेशी कलाकारहरूले आ–आफ्नो देशका लोकगीत र नृत्य दैनिक प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष ऋषिलाल श्रेष्ठले जानकारी दिनुभयो । सो समारोहमा राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रको बहुआयामिक लोक सङ्गीतलाई सम्वद्र्धन गर्ने क्रममा युवालाई साथ लिई अघि बढ्नुपर्ने बताउनुभयो । 

Post a Comment

 
Top