0

टनकपुर भारतकै भूमि हो: प्रधानमन्त्री

susil1फागुन १७– 
प्रधानमन्त्री सुशील कोइरालाले बहुचर्चित टनकपुर नेपालको नभई भारतकै भूमि भएको ठोकुवा गरेका छन् । विगतमा टनकपुर भूमिलाई लिएर नेपालीले राष्ट्रियताको आन्दोलन चर्काएको विषयलाई लिएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले टनकपुर भारतीय भूमि नै भएको ठोकुवा गरेका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको तीन सातापछि शुक्रबार गृहनगर नेपालगन्जमा आयोजित एक कार्यक्रममा कोइरालाले टनकपुर क्षेत्रलाई लिएर कांग्रेसमाथि पटकपटक आक्षेप लगाएको भन्दै आक्रोशसमेत पोखे । ‘गिरिजाबाबु पीएम ९प्रधानमन्त्री० हुँदा त्यसबेला विपक्षीहरूले उहाँमाथि टनकपुर बेच्यो भनेर आरोप लगाए, वास्तवमा टनकपुर भारतकै भूमि हो, भारतीय भूमि उहाँले कसरी भारतलाई नै बेच्नुभयो रु’ कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसियसन ९डीएलए० को नवौं महाधिवेशन तथा २३औं साधारण सभाको उद्घाटनमा प्रधानमन्त्री कोइरालाले भने । उनले टनकपुर सन्धि गरेको बेला विपक्षीहरूले यो विषयलाई ठूलो विवाद बनाएको भन्दै त्यसलाई अनावश्यक हल्ला र विवादका रूपमा चित्रित गरे । उनले लोकतन्त्रमा कोही पनि हल्लाको पछाडि लाग्न नहुनेमा पनि जोड दिए ।
प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान जारी गरेर सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको पनि बताए । उनले सबैजना पूर्ण इमानदार भएको खण्डमा सातआठ महिनाभित्रै संविधान बन्नेमा आफू ढुक्क भएको बताए । ‘अघिल्लो संविधानसभामा अधिकांश बुँदामा सहमति भइसकेकाले पनि संविधान बनाउन लामो समय लाग्ने अवस्था छैन,’ उनले भने, ‘धेरै कुरामा सहमति भइसकेको छ । शासकीय स्वरूप र संघीय संरचना र नक्सांकनको विषयमा ‘हाई लेबल पोलिटिकल’ सहमति भइसकेको छ । सहमति नभएका विषयमा पनि छिट्टै सहमति हुने विश्वास मलाई छ ।’
उनले सबै विषयमा आपसमा छलफल गरेर समाधान निकाल्न नसके संविधानसभामा लैजाने र त्यहीँबाटै सबै कुराको निकास खोजिनुपर्नेमा जोड दिए । ‘शासकीय स्वरूपका विषयमा प्रत्यक्ष राष्ट्रपति चुन्ने प्रस्ताव कांग्रेसलाई अस्वीकार्य छ । यदि त्यसो भए पुनः अर्को तानाशाहको जन्म हुने भएकाले चेक एन्ड ब्यालेन्सको नीति अपनाउनुको विकल्प छैन । पहिला आपसमा छलफल गरौं, सहमति खोजौं, नभए संविधानसभामा लैजाऔं,’ कोइरालाको भनाइ थियो

Post a Comment

 
Top