0

 सिक्किमपछि तराई गाभ्ने भारतीय योजना

धुर्त छिमेकी । सिक्किमपछि तराई गाभ्ने भारतीय योजना
५ जेठ, 
हिमाली राज्य सिक्किमको विलयलगत्तै भारतले नेपालको तराई पनि गाभ्ने योजना बनाएको रहस्य सार्वजनिक भएको छ । भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइटिस विग्स 'र' का पूर्वअधिकारी आरकै यादवले उनको कितावमार्फत यस्तो खुलासा गरेका हुन् ।
 प्रधानमन्त्री इन्दिरा गान्धीका पालामा तराई टुक्राएर भारतमा गाभ्ने अपरेसनको खाका बनाएको थियो ।
गान्धीले तराई टुक्राएर भारतमा गाभ्ने अपरेसनको जिम्मा 'र' का संस्थापक प्रमुख रामेश्वर नाथ 'आरएन' काओलाई दिएकी थिइन्। तर आन्तरिक राजनीतिक उतारचढावले योजना सफल नभएको दाबी यादवले आफ्नो पुस्तक 'मिसन र' मा गरेका छन्।
 
यादवले सन १९७३ मा र मा भर्ती भएर लामो सम्म काम गरेका थिए। २६ अप्रिल १९७५ मा सिक्किम भारतमा गाभिएपछि चिनियाँ उपस्थिति बढेको विश्लेषण सहित काओसहितका टिमले तराईलाई नेपालबाट टुक्रयाउने योजना बनाएको पुस्तकमा उल्लेख छ ।

Post a Comment

 
Top