' किन हुन्छ नेपाली पासपोर्ट बंगलादेशमा बिक्रि ? '
जेठ ५–
नेपाली पासपोर्ट बङ्गलादेशमा लगेर बिक्री गर्ने एक नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ ।
ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले साउदी अरबस्थित एएल यामामा कम्पनीबाट केएल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिको नाममा ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’मा १०० कामदार माग भई आएकामा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई २५ कामदारको राहदानी सङ्कलन गरी अभियुक्तले १४ थान बिक्री गरिसकेको अनुसन्धानबाट पत्ता लागेको बताए ।
पच्चीस थान राहदानी बिक्रीका लागि बङ्गलादेश पु¥याइएको भए पनि १४ थानमात्र २९ लाख ५० हजारमा बिक्री गरिएको र अन्य भने फिर्ता ल्याइएको थियो ।
विभिन्न खाडीमुलुकमा बङ्गलादेशी नागरिकलाई कामदारका रुपमा बन्देज लगाइएकाले उनीहरु नेपाली राहदानी प्रयोग गरी विदेशमा पुग्ने गरेको उनले बताए ।
कार्कीले यदि विदेशमा नेपाली राहदानी प्रयोग गर्ने गैर नेपालीको मृत्यु भएमा सनाखत गर्नसमेत समस्या हुने गरेको बताउँदै राहदानी दुरुपयोग तथा बिक्रीसम्बन्धी मौजुदा राहदानी ऐन २०२४ ले व्यवस्था गरेअनुसार अपराधको परिभाषा र सजायलाई संशोधन गर्नुपर्ने बताए ।
Post a Comment