0

देश

भनेजति नम्वर नआएपछि गलामा पासो

भनेजति नम्वर नआएपछि गलामा पासो
केही दिन यता एसएलसीमा फेल भएकै कारण आत्महत्याका समाचारहरु निरन्तर आइरहेका छन् । परिक्षामा पास फेल हुन सामान्य घटना भएको नबुझ्दा यस्ता घटना बढीरहेको समाचारका विच काठमाडौंको गोंगबुमा भनेएक किशोरीले भनेजति नम्वर नआएपछि गलामा पासो लगाएर झुण्डीएकी छिन् ।
तर खुसीको कुरा उनको जिवितै उद्दार गरिएको छ । फेल भएर नभई भनेजति नम्वर नआएर ति किशोरीले पासो लगाएको बुझीएको छ ।
काठमाडौं गोंगबु नेपाल टेलिकम नजिक भएको यो घटनाका बारेमा परिचय नखुलाईदिन परिवारका सदस्यहरुले अनुरोध गरेका छन् ।
घटना अनुसार एसएलसीमा डिष्टिगंसन आउने बताउँदै आएकी किशोरी फस्ट डिभिजन मात्र आएपछि चिन्तित थिइन् ।
एसएलसीमा डिस्टिगंसन आउने भन्दै परिवारका सदस्यसँग आईफोन र स्कुटरको माग राख्दै आएकी किशोरी फस्ट डिभिजनमा पास भएपछि परिवारका सदस्यहरुले होच्याएर भनेपछि झुण्डीएको छिमेकी तथा सोहि घरमा बसेका डेरावालहरुको भनाइ छ ।
झुण्डीएको अवस्था भेटिएपनि परिवारका सदस्यहरुले मरिसकेकाले लास छुन नहुने भन्दै उद्दार प्रयास नगरेपनि कोठामा बसेकी एक महिलाले डोरी काटेर हेर्दा किशोरी जिवित भएको पाइएको थियो ।
चिन्ताजनक अवस्थामा अस्पताल लगिएकी किशोरीको अवस्था खतरा मुक्त रहेको छ ।

Post a Comment

 
Top