0
प्रहरीको नाममा रकम उठाउने चौधरी पक्राउ
 ५ असार ।
‘आफू प्रहरी हुँ’ भनी रकम माग गर्दै हिँडेका एक युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाले बुधबार रकम उठाउँदै हिँडेका वीरगन्ज उपमहानगरपालिका–२ निवासी २४ वर्षीय मुकेश चौधरीलाई पक्राउ गरेको हो ।  
 
प्रहरी हुँ भन्दै वीरगन्जबाट विभिन्न व्यक्तिसँग रकम माग गर्दै हिँडेको विशेष सूचनाका आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । 
 
पक्राउ परेका चौधरीलाई जिप्रकामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई बुधबारै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई केही सार्वजनिक अपराध मुद्दामा थप अनुसन्धानका लागि सात दिनको म्याद बुझिएको जिल्ला प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top