0
सुकुम्बासीवस्तीमा पानी र विजुली आपूर्ति बन्द गरेर माओवादीको  घेरावन्दी
 विभु
 ऐतिहासिक नेपाल अङ्ग्रेज नालापानी युद्धमा अङ्ग्रेजले किल्लामा जाने पानीको मुहान थुनिदिएको घटनालाई बिर्सने गरी बाराको पथलैया स्थित १६ धुरेका सुकुम्वासीलाई एमाओवादीका नेताले एक हप्ता देखि बिजुली र पानी आपूर्ति बन्द गरिदिएकाछन् ।
वीर नेपालीले किल्लाबाट नाङ्गो खुकुरी लिएर निस्कदै गरेको युद्धमा गोरा जातीलाई परास्त गरेझैं अहिले सुकुम्बासीहरु आन्दोलित भएकाछन् ।
जग्गा कब्जा गरे बस्न लगाउने माओवादीहरुले नै  पानी र विजुली आपूर्ति बन्द गरेर घेरावन्दी गरेको सुकुम्वासीहरुको दावीछ । उनीहरुका अनुसार रकमको चलखेलका लागि उठीवास लगाउन विजुली पानी बन्द गराएको बताउँछन् ।
 सिंह दरवार भित्रै हत्या गरिएका पूर्व राजा वीरेन्द्रबाट रक्सौल– अमलेखगञ्ज चल्ने रेलको बाटो र वन मासेर हुकुम प्रमाणितबाट शान्तिसिंहले प्राप्त गरेकी साढेसात विगाह खाली जग्गा कब्जा गरी एकिकृत नेकपा माओवादीले ७९ घर परिवारलाई वि.सं २०६४ देखि बसाएको हो ।
सोही बेला नजिकै रहेको सीताराम प्रसाईको तारजाली उद्योग समेत कब्जामा लिएर वाई.सी.एलको कार्यालय बनाएको थियो । एमाओवादीको आमसभा लगायत विगतका निर्वाचनमा सुकुम्वासी प्रयोग हुँदै आएकाथिए ।तार जाली उद्योगको ट्रान्सफर्मर बिग्रेपछि  बनाउने निहुँमा रकम असुल्न नपाएपछि पूर्व सभासद जयाराम दाहालको आडमा वाईसिएल ईञ्चार्ज शीलाथापाले पानी र विजुली आपूर्ति बन्द गरिदिएकी हुन् । शीलालाई केही गरे उनीहरुको पनि उठीवास लगाउने धम्की ाहालले दिदैं आएको स्थानीयले बताए । पानी र बत्ती नहुदाँ गर्मीले बुढाबुढी र बालबच्चालाई रातबिरात समस्या भएको फूलमाया लामाले बताईन् ।
 कब्जा गरेको जग्गामा बसोवास गर्दै आएका वासिन्दाहरुको माओवादी प्रतिको मोह भङ्गहुँदै गएपछि  विभिन्न समस्या पारेर उठिवास लगायत बापत मोटो रकम पाउने सहमती भएपछि एमाओवादीका नेताका पैसाका लागि  तेस्रो नेत्र बाल्दै हिडेकाछन् । ं नेताहरु सुकुम्वासीलाई उठीवास लगाएर करोडौं हत्याउने तानाबाना बुन्नमा व्यस्त हुन थालेकोे पीडितको गुनासो छ । प्रसाईको तार जाली उद्योगको ट्रान्समिटर एमाओवादी केन्द्रीय सदस्य अञ्जना विशंखे र आफ्नो नाममा भएको दावी गर्दै विद्यूत प्राधिकरणको नक्कली वीलमा वाईसिएलकी शीला थापाले सुकुम्वासीबाट लाखौं रकम असुलेर केन्द्र देखि तलसम्म भाग बण्डा गर्दै आएकीछन् । तर प्रधिकरणलाई भने एक पैसा पनि नबुझाउँदा पछिल्लो नौ लाख रुपैयाँ बक्यौता भएको छ ।तर, प्राधिकरण र प्रहरीले दोषिलाई कार्वाहीका लागि पहल नगरेकोमा उनीहरुले चिन्ता व्यक्त गरेकाछन् ।
 हामीलाई तत्काल विजुली र पानी नदिए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछौं राजकुमार प्याकुरेलले बताए ।
  यस अघि पनि वि.सं २०६६मा माओवादीकै नेताले केही गुण्डा लगाएर राति राति बन्दुक पडकाउने र विभिन्न धम्की दिएर  ती परिवारलाई हटाउन खोज्दा उनीहरुले वस्ती अगाडि रहेको पथलैया वीरगञ्ज सडकखण्डमै सुतेर त्यसको विरोध गर्दा एक जँडिया चालकले ट्रक तीव्र गतिले ल्याएर कुल्चदाँ तीनको मृत्यु भएकोथियो ।
  गोमा परियार,देवीमाया फुँयाल र  १२ वर्षिय बालक सुगम मोक्तानको मृत्यु भएको हो ।
अखिल नेपाल सुकुम्वासी संघले बेलाबेलामा शोकसभा गरी माओवादी  सरकारमा हुँदा पनि वेवास्ता गरेको आरोप लगाउँदै उनीहरुलाई सुकुम्वासी सहिद घोषणा गरेकाछन् ।

Post a Comment

 
Top